संस्थानहरुको नियुक्तिमा करोडौंको मोलमोलाई

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय सरकारले जनमुखी केही काम गर्न नसकेपछि विभिन्न सरकारी निकायमा नियुक्ति,कर्मचारी सरुवा गर्दै पैसा असुल्ने धन्दा चलाइरहेको भेटिएको छ । यस्तैमा एउटा सार्वजनिक निकायमा नियुक्तिका लागि करोडौं रकम दररेट तोकिएको बिषय अहिले अर्थ मन्त्रालयको क्यान्टिनतिर विचौलियाहरुबीच चर्चा हुन थालेको छ । आयल निगमका कार्यकारी निर्देशक उमेश थानी समय अगावै राजीनामा बुझाएर हिडेपछि त्यहाँ जागिर खानका लागि १४ भाइले चासो देखाएका छन् ।

जसमा गोर्खाका चण्डिकाप्रसाद भट्टसहितका मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । त्यस्तै टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, , लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८, काठमाडौँका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा। डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका–८, काठमाडौँका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजविराज–१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् । काँग्रेसी,पहिला नै आयल निगममा बसेर स्वाद चाखिसकेका भएका कारण चण्डीकाकै प्रवल सम्भवना छ भन्नेहरु छन् ।

यता,दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई समय अगावै घर पठाइएको छ । निलम्बन गर्ने सञ्चार मन्त्रीको धम्कीका कारण उनी राजीनामा दिएर हिडेपछि त्यहाँ पनि टेण्डर खुलेको छ । अनेकन फण्डामा मुछिएका र नेपालको धन विदेशमा पु¥याएका आरोप खेपिरहेका राष्ट्रिय वाणिज्य बैंकका सिइओ पनि केही समय पछि घर जाँदैछन् । राष्ट्रिय वीमा प्राधिकरणको जीवन र निर्जिवन दुबै सिइओ विहिन छ,ती दुबै निमित्तकै भरमा चलिरहेको छ ।

दुग्ध विकास संस्थानको डिजीलाई मन्त्रालयमा तानेर त्यहाँ पनि निमित्तकै शासन चलाइएको छ । यस्का अलवा अर्थ मन्त्रालय मातहतकै धितोपत्र वोर्ड अध्यक्षविहिन छ । त्यहाँ आफू अनुकुलका मान्छे फिट गराउनका लागि मारवाडी व्यापारीहरु खेलोमेलो गरिरहेका छन् । आफ्नो कम्पनीलाई लाइसेन्स दिन सक्ने मान्छे खोज्दैछन्,मारवाडी व्यापारीहरु । त्यस्का लागि ३० खोकासम्म खर्च गर्न तयार रहेको विचौलियाहरु बताउँदै हिड्ने गरेका छन् ।

धितोपत्र वोर्डमा यस अघि रमेश हमाल थिए उनी घर गए पछि त्यो पद रिक्त छ । व्यापारीको भरियाका रुपमा काम गरेका हमाल घर गए पनि फेरि दोहोरिन चलखेल गर्दैछन् । त्यहाँ राष्ट्रिय विचौलिया दीपक भट्टका दाइ सुशील भट्टलाई लैजाने गरी मारवाडी व्यापारीहरुले खेलोफड्को गर्दैछन् । सुशील अहिले लगानी बोर्डमा छन् । नेपालको प्रशासन र राजनीतिको क्षेत्रमा चतुर खेलाडी हुन दीपक भट्ट उनकै चाँजोपाँचोमा सुशीललाई लगानी बोर्डमा फिट गराउने तयारी हुँदैछ ।

त्यसका लागि मारवाडी व्यापारीहरुले खोका बुझाउन तयार रहेको चर्चा सुनिदैंछ । दीपकका दाई सुशीललाई त्यहाँ फिट गर्न पाए स्टक एक्सचेञ्जले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउने सकिने विश्वास छ मारवाडी व्यापारीहरुको । उनका अलवा त्यहाँ लैजान सकिने सम्भावित पात्रका रुपमा चिरञ्जिवी चापागाईंलाई अगाडि सारिएको छ ।

यी पात्रलाई त्यहाँ फिट गराउनका लागि मोटो रकम खर्च गर्न एउटा समूह तयार छ । यसरी विभिन्न सरकारी निकायमा व्यवसायीका आफ्ना पकेटमा मान्छे लगेर नियुक्ति गर्ने,त्यसका लागि लाख होइन,करोडौंको खोका समेत बुझाउने र उनीहरुबाट स्वार्थ पूर्ति गराइने धन्दा पछिल्लो समय नेपालमा मौलाउदै गएको छ । राजनीतिक नेतृत्वले योग्य,सक्षम र इमान्दार व्यक्ति भन्दा पनि विचौलियाले बोकेका पात्रलाई लाभको पदमा लगेर नियुक्ति दिने प्रवृत्ति विकृतीका रुपमा मौलाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *