नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षण विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

सभाले यस बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडू र एनआइएमबि स्टक मार्केट्स लिमिटेड” समेतको आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ । ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८०र०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताविक लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१,२०८० मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९÷८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *