माधव नेपाल कठोर बन्दै

राजनीति समाचार

काठमाडौं । सत्ता समीकरणमा अदलबदल गरेर आफ्नो स्वार्थ पूरा गर्ने दलहरुलाई राजनीति शुद्धतामा चासो छैन । पार्टी विधि र प्रक्रियामा चल्नुपर्छ भन्ने तर पदको लागि जतापनि ढल्किने शैलीले स्मरण गर्दै आफ्नो कठोरपन हटाउन चाहेनन् । ओलीले विगतका तितामिठा बिर्सेर नयाँ चरणमा जाने भन्दैछन् । तर गठबन्धन बन्नु अघि माधवलाई प्रचण्ड र ओलीले बेवास्ता गरेका थिए ।

महाधिवेशनको तयारीमा रहेका एकीकृतका राजेन्द्र पाण्डे, मेटमणि चौधरी वर्तमान गठबन्धनमा नजाने अडान लिएपनि धनबहादुर बुढा, प्रेम आले, किसान श्रेष्ठजस्ता व्यापारी पृष्ठभूमिका सांसदहरु अड्याउन नसक्ने भएकाले प्रधानमन्त्री प्रचण्ड र केपी ओलीको सम्भावित पार्टी एकताको प्रस्तावलाई नेपालले स्वीकारेका छन् । संगठन छैन, नेता छन् तर पनि जिल्ला घुम्दैनन् । तर गफ तिनकै चर्काे छ । त्यो माधव नेपाल बुझ्छन् । माओवादीले काँध नथापेको भए एकीकृतले चुनाव जित्ने धरातल छैन ।

अहिले एमाले नै ठूलो शक्ति हो भन्ने कुरा माधवले बुझेपनि सबै उसकै स्वार्थ पुरा गर्नुपर्छ भन्ने छैन । वामपन्थीहरु एक ठाउँमा नआउँदा एमालेले पुरानै पेलान नीति लिन सक्छ । किनकि एमालेले यसपटक कांग्रेसको गतिहीन चरित्रलाई चुनौती दिनकै लागि रास्वपालाई साथ लिएको हो । जसपा, समाजवादी, माओवादी पुरानै समाजवादी मोर्चाका हात्ती हुन् ।

तर उनीहरुबिचमा समेत उपचुनावमा एउटै मोर्चाको आवश्यकता ठानिएन । नेताको घमण्ड र सत्ता स्वार्थ प्रवृत्तिले जनतामा निराश बढ्दो छ । वामपन्थीहरुको सहकार्य र सहमतिको ढोंग उपचुनावले उतार्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *