राजश्व अनुसन्धान विभागमा कसले मार्ला वाजी

राजनीति समाचार

काठमाडौं । जब सरकार पनिवर्तन हुन्छ, अनि कर्मचारी सरुवाको लागि तानातान हुन थाल्दछ । तानातान मात्रै हुँदैन मालदार अड्डामा जानको लागि जुनसुकै राजनीतिक दलका नेतादेखि उच्चपदस्थ कर्मचारीसँग हारगुहार गर्छन् । त्यस्तै तत्कालीन सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुंगानालाई पठाएको छ । ढुंगाना गएपछि एयरपोर्टबाट चोरी तत्करी गरी ल्याएको सुन बरामद गरेर चर्चा कमाएका थिए । त्योसँगै अमेरिकी ‘को–टिभीले राजश्व छली गरेको नाममा उच्च अदालत पाटनमा मुद्दासमेत दायर गरेपछि ढुंगानामाथि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा आक्रमण हुन थाल्यो । त्यसपछि उनीविरुद्ध विभिन्न कर्मचारीहरुले लान्छना लगाएर हटाउन दबाब दिन थाले ।

त्योसँगै राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्न पर्यटन विभागका महानिर्देशक चक्र बुढा लागिपरेका थिए । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालय र अर्थमन्त्रालयका केही कर्मचारीहरु महानिर्देशक बन्न न्वारनदेखिको बल निकालेर लाग्न थालेका थिए । तर, उनीहरुको त्यो योजना सफल भएनन् । अहिले राजश्व अनुसन्धान विभागमा जान चक्र बुढा सफल हुने देखिन्छ । किन कि उनीलाई पर्यटन विभागबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहतमा भएकोले बुढा महानिर्देशक बन्ने सम्भावना प्रबल छ । तर, बुढा राजश्व अनुसन्धान विभागको महानिर्देशक बने तापनि उनीमा काम गर्ने क्षमता नभएको चर्चा हुन थालेको छ । जोकोहीले राजश्व अनुसन्धान विभागमा बसेर काम गर्न सक्दैनन् ।

किन कि त्यहाँ माफिया र तस्करहरुले सेटिङ मिलाएर राजश्व छलीदेखि विभिन्न अवैध सामान ओसारपसार गर्ने सरकार गिराउने जस्ता खेल हुने गर्दछन् । त्यसकारण पनि बुढालाई राजश्व अनुसन्धान विभाग चलाउन गाह्रो हुने देखिन्छ ।

हालका महानिर्देशक ढुंगाना राजश्व अनुसन्धान विभागमा निकै अनुभवी व्यक्तिको रुपमा चिनिन्थे । उनले आफ्नो कार्यकालमा राजश्व पनि राम्रो उठाएको र चोरी तस्करी गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम गरेको चर्चा कर्मचारी वृत्तमा छ । तर, बुढामा भने ढुंगानाको जस्तो राजश्व अनुसन्धानमा काम गर्ने क्षमता नभएको कर्मचारीहरुको आँकलन छ । चक्र बुढा भन्सार विभाग र पर्यटन विभागको महानिर्देशक हुँदा राम्रो काम गर्न नसकेको आरोप उनीमाथि छ । राजश्व अनुसन्धानको महानिर्देशकमा सरकारले कसलाई पठाउने हो त्यो निश्चित भइसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *