जसपा फुट्यो, नेकपा एस फुट्दै

राजनीति समाचार

काठमाडौं । वामपन्थी वर्चस्वको गठबन्धन विरुद्ध नेपाली कांग्रेससँग मधेस प्रदेशको सरकार टिकाउन हारगुहार गर्दै अस्थिरता निम्त्याउने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सहयोग गर्न तयार भएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव हिस्स भएका छन् ।

पार्टीका वरिष्ठ नेता अशोक राई, प्रदिप यादव, वीरेन्द्र महतो, रञ्जु झा, हसिना खान बाम गठबन्धनको सरकारलाई टिकाउन सक्रिय छन् भने उनले संसदीय दलका ७ जनाको सहयोगमा जनता समाजवादी पार्टी विभाजन गर्दा मधेसका नोबल किशोर शाह सुदी जस्ता परिपक्क, सुशिला श्रेष्ठ नेताको साथ पाएका छन् । राई प्रचण्ड सरकारको कांग्रेसी गठबन्धनमा शिक्षामन्त्री थिए । उपेन्द्रलाई यो खेल महंगो भएको छ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, प्रेम आले, किसान श्रेष्ठको बालुवाटारमा बास छ ।

अहिले उपेन्द्र यादवलाई राई पक्षले वर्तमान सरकार ढाल्न कांग्रेसी खेलमा सहभागी भएको आरोप लगाएको छ । माधव नेपाल पनि त्यही खेलमा छन् । सरकार ढाल्ने र बनाउने मात्र खेलमा उपेन्द्रको रुची बढ्नुको कारण आफु उपप्रधानमन्त्री पदमा टिक्ने, मधेश प्रदेशमा जसपाको सरकारबाट राज्य स्रोत लुट्ने नै हो ।
बेटी बचाउ छोरी पढाउ भन्ने नारा लगाएर मधेसका छात्रालाई साइकिल उपलब्ध गराउने नाममा ९ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर हुँदा सो प्रदेशका सचिव कार्यालयमा परेका थिए । पैसा उपेन्द्रले खाने कारबाहीमा सचिव पर्ने भएको छ । उपेन्द्र यादव तत्कालीन सत्ता गठबन्धनको साथमा चुनाव जिते उपराष्ट्रपति पद हत्याए । उसकै विरुद्ध खनिएका उपेन्द्रलाई यो विभाजनले राम्रै औषधि जुटेको छ । उनीसँग ५ सांसद छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *