काठमाडौं । ससुरा कांग्रेसी, श्रीमान् रिटायर्ड कर्णेल (इञ्जिनियर) र अहिले सामाजिक कल्याण कोषमा कार्यरत । बालकोटदेखि बूढानिलकण्ठसम्म एक्सेस ! यसरी शक्तिकेन्द्रसँग हिमचिम र सम्बन्ध रहेको एक शक्तिशाली एक सहसचिवलाई हटाउन खोज्दा सचिव उल्टै सरुवामा परेका छन् । त्यो पनि अपमिानजनक ढंगबाट,घर जाने समयमा ।
निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई बढीमा दुई बर्षसम्म एउटा निकायमा राख र सरुवा गर भन्दछ । तर बालकोट, बूढानीलकण्ठ सबै शक्ति दाहिने भएपछि अनेकन काण्डमा मुछिएकी यी सहसचिवलाई कसैले छुन वा चलाउन सक्दैन । हटाउन खोजे कि मन्त्री र सचिव आफै सरुवा हुन्छन् । यस्ता पावरफुल सहसचिव हुन,मतिना वैद्य । कृषिका सचिव डा. गोविन्दप्रसाद शर्मा र मनिताले पिचएडी गर्दा एउटै मुलुक, एउटै विश्वविद्यालयबाट, एउटै घरमा डेरा बसेर पढेका कारण मनिताको कतिपय कमजोरीमा गोविन्दले आँखा चिम्लदै आएका थिए । पछिल्लो समय मतिना र सचिवबीच मनमुटाव निस्किएको थियो ।
कर्मचारी सरुवा,प्रयोगविहिन मोवाइल भ्यानका अलवा विवादित व्यवसायीहरुसँगको मतिनाको हिमचिमका कारण मतिना र सचिवको सम्बन्ध विग्रिएको थियो । जस्तो खाद्यको गुणस्तर परीक्षण गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो तर हालैमात्र काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ खान अयोग्य भन्दै उसलाई २ लाख जरिवाना ग¥र्यो । वाइवाईजस्तै खानै नमिल्ने अखाद्य रेडबुल नेपालमा खुलेआम विक्री भइरहेको छ । यस्तै क्याण्डीको प्रकरणमा समेत मतिना चुकेको बताइन्छ । पछिल्लो समयमा चौधरी ग्रुपको वाइवाई काण्डसम्म आईपुग्दा स्थानीय तह काठमाडौं महानगरपालिकाले गुणस्तरहीन चाउचाउ बजारमा अनुगमका क्रममा फेला पारेपछि चौधरीलाई ग्रुपलाई २ लाख जरिवाना गराउन सफल भएको थियो ।
तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मौन बसेको थियो । त्यही विषयमाले संसदीय समितिमा पनि बहस चल्दा सचिव नै जबाफ दिन पुगेका थिए । त्यहाँ उनी निरीह बनेका थिए । मतिना विराउने,अपगालको भारी आफूले बोक्नु परेपछि उनी रुष्ट थिए । सोही कारण उनले मतिनाको सरुवा अगाडि बढाएका थिए तर बदलामा घर जानुभन्दा सात दिन अगाडि कृषिबाट सरुवा भएर वनमा पुगेका छन् । गोविन्द अपमानपूर्ण ढंगले बुधबार कृषिबाट बन मन्त्रालयमा हाजिर भएर घर जाँदैछन् । मतिना तिनै कर्मचारी हुन जो खाद्य प्रविधि विभागमा हुँदा ०७७ सालमा उनी सो विभागको महानिर्देशक हुँदा ७२ हजार किलो अखाद्य चिनीलाई खान योग्य भनेर अनुमति दिएको कारण सहसचिव नारायणप्रसाद रेग्मीको संयोजकत्व रहेको छानबिन समितिले कारबाही सिफारिस गर्दै भदौ १९ गते कर्णाली प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पठाइएको थियो । तर, बाग्मती प्रदेश सचिवमा गइन् ।
त्यहाँ १८ महिना बसेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै कृषि मन्त्रालय सम्हालेको बेला पारेर विभागमै फर्किन सफल भइन् । रमाइलो संयोग चाहिँ एउटा कृषिमन्त्री छँदा बदमासी गरेको भनेर कारबाहीस्वरूप सरुवा । अनि अर्का कृषिमन्त्री आउँदाचाहिँ तिनै कर्मचारी पुरस्कृत, पुनः सोही विभागमा पदस्थापन भइन । अहिले तिनै मतिनाको चुरीफुरी छ सो विभागमा । ०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख घुससहित सोही कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका थिए । त्यसबेला अनुज्ञापत्र शाखाका हर्ताकर्ता थिए केसी, तर उनलाई उन्मुक्ति दिएर इञ्जिनियर मात्र समाइएको कतिपय कर्मचारी गुनासो गर्छन् । यो प्रकरणपछि केसीको जिम्मेवारी अर्काे विभागमा सारिएको छ । विभागमा चार सहसचिवको दरबन्दी छ । सबै आफ्ना एस म्यानहरुलाई मात्र त्यहाँ जिम्मेवारी दिएर राखेकी छिन् । विरोध गर्नेहरुलाई काठमाडौंबाहिर लखेट्दै आएकी छिन् ।
मतिनाको निरिहता कतिसम्म भने विभागमा झण्डै २ करोड खर्चेर किनेको ६ वटा फुड भ्यान अहिले थन्केर बसेको छ,चलाउन सकिएको छैन । यसरी बदनाम एउटा कर्मचारी चलाउन खोज्दा मन्त्रीदेखि मुख्य सचिवसम्म लगाएर कृषि सेवाको विज्ञ सचिवलाई घर जाने समयमा अपमानजनक ढंगले बनमा खेदिएको छ । हालैमात्र ६ सचिवको सरुवा गर्दा वन मन्त्रालयकै क्याडरका रूपमा रहेका वन सचिव डा दीपक खराललाई कृषि तथा पशुपंक्षी मन्त्रालयको पशुपंक्षी हेर्ने सचिवमा सरुवा गरिएको छ भने कृषिका क्याडरका रूपमा रहेका कृषि सचिव डा गोविन्द शर्मालाई वन तथा वातावरण मन्त्रालयको सचिवको रूपमा सरुवा गरिएको छ । डा शर्मा वन मन्त्रालय र मातहतका निकायमा कहिल्यै पनि नबसेका सचिव हुन ।
मुख्य सचिव कर्मचारीको अभिभावक बन्नुपर्ने हो तर विचौलियाको स्वार्थ अनुसार काम गर्दै आएका बैकुण्ठ अर्यालले पछिल्लो सचिव सरुवा प्रकरणमा समेत बदमासी गरेको चर्चा प्रशासनिक वृत्तमा सुनिन्छ । उनले हुलाक सेवाबाटै आएका मधु मरासिनीलाई विशेष अदालतले भ्रष्टाचार मुद्धामा क्लिन चिट नपाउँदै अर्थ सचिव बनाउन पहल गरे भने आफ्ना एस म्यान मानिएका मुकुन्द निरौलालाई दुई दिनमै उपराष्ट्रपति कार्यालयबाट सामान्य प्रशासनमा तानिदिए । अनि दुई महिनामै आफू निकटका सचिव दीपक काफ्लेलाई पर्यटनबाट शिक्षामा सार्न भ्याए ।