पौडेलको लिखुसँग आत्मसमर्पण पुस्तक लोकार्पण

राजनीति समाचार

काठमाडौं । नेता देवशंकर पौडेलद्वारा लिखित ‘लिखुसँग आत्मसमपर्ण’ नामक संस्मरणात्मक पुस्तक लोकार्पण भएको छ । पुस्तकको लोकापर्ण नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गर्नुभएको थियो । लोकार्पणपछि सो पुस्तक पढ्ने अवसर प्राप्त भयो । पुस्तक सरसर्ती पढ्दा स्रष्टाले यथार्थवादी धरातलमा उभिएर रचना प्रस्तुत गरेको पाइयो । पुस्तकमा लेखक देवशंकर पौडेलले आफ्ना वाल्यकालदेखि वर्तमान अवस्थाको यथार्थपरक ढंगले विश्लेष गरेका छन् । स्रष्टा पौडेलले यस पुस्तकभित्र ११९ शीर्षकमा प्रस्तुत गरेका रचनाहरु अत्यन्तै गहन, स्मरणीय र चाखलाग्दा छन् । पौडेलको लिखुसँग आत्मसमपर्ण रचना पढ्न लाग्दा समय वितेको पत्तै पाइँदैन ।

पुस्तकमा पौडेलले आफ्ना वाल्यकालका घटनाक्रमलाई अत्यन्तै रोचक ढंगले प्रस्तुत गर्न खोजेका छन् । त्यस कारण पुस्तक यथार्थवादी रचनाले भरिपूर्ण भएको पाइन्छ । पुस्तकमा स्रष्टाले आफ्नो संस्मरणसँग सम्बन्धित लेखाइमा चाहे बाल्यकालीन मनोरञ्जनयुक्त खेलजन्य विषयको बढो रमाइलो ढंगले वर्णन गरेका छन् । श्रष्टा पौडेलले आफ्ना विद्यार्थी जीवनको भोगाइ सम्बन्धी विषय होस् अथवा शिक्षण पेशामा आबद्ध हुँदाका बेलाका घटनाहरु हुन् वा राजनीतिक जीवनका विभिन्न घटना–परिघटनालाई वणर्न गरेका ।

त्यस्तै व्यावहारिक जीवनको आरोह–अबरोह र यात्राका क्रममा आइपरेका आर्थिक संकटका कुराहरुलाईसमेत पुरै यथार्थवादी रुपमा प्रस्तुत गरिएको छ । यस रचनामा समावेश भएका मुख्यतः अन्तिम दहलमार, जाँड, पण्डित र जुवा, नापेर खानाः कडा परिश्रम, दाउरा चोर जस्ता प्रतिनिधिमुलक शीर्षकलगायत समग्र रचनाको वर्णन पनि अत्यन्तै चाख लाग्दा र स्वाभाविक ढङ्गबाट यथार्थवादी जीवनशैलीको प्रयोग गर्दै स्रष्टाको लेखनी केन्द्रित छ । स्रष्टाको जीवनमा देखिने सरलता, गहनता र स्वाभाविकता जस्तै रचना लेखाइको शैलीमा पनि स्वाभाविकता, सरलता र यथार्थता प्रकट भएको पाइन्छ । पुस्तकमा श्रष्टाले जीवनको जस्तो भोगाइ छ, लेखाइमा पनि प्रस्तुती भित्र्याएका छन् ।

कम्युनिस्ट राजनीतिबाट प्रभावित स्रष्टाको यस रचनामा लेखनी बहुविषयमा आधारित भएको देखिन्छ । स्रष्टाको जीवनको उत्तरबाल्यावस्थादेखि नै राजनीतिक चेतना खुलेका प्रसंगतहरु पुस्तकमा झल्किन्छन् । माओत्सेतुङको सचित्र जीवनी भएको पुस्तक पढ्न सकने भएदेखि कम्युनिस्ट राजनीतिमा आकर्षि भएको देखिन्छ । स्रष्टाको जीवनमा मानव चेतनाको विकास हुँदै जाँदा समाजलाई दुषित तुलाउने वातावरणप्रति आफू सजग रही जाँडरक्सी, चुरोट, गाँजा, भाँङ्ग र खैनीले पु¥याएको बेफाइदालाई बढो रोचक ढंगले प्रस्तुत गरेका छन् । साथै सेवा नै धर्म हो भन्ने संस्कारको शिक्षा हासिल गरेका स्रष्टाले आफ्ना हजुरबा श्रीलाल पौडेल, बुबा तेजप्रसाद पौडेलजस्ता अभिभावकबाट परोकारका विषयहरु सिक्ने अवसर पाएको पुस्तकमा झल्किन्छ । मानवजस्तो चेतनाशील प्राणी भएर जन्मेपछि मावन तथा पशुपन्छीको परोपकारमा लाग्नुपर्ने प्रेरणा यस रचनाबाट प्राप्त गर्न सकिन्छ ।

शिक्षाप्रेम तथा सांस्कृतिक जागरणसँग ओतप्रोत प्रसंगहरु स्रष्टाले पुस्तकमा समेटेको पाइन्छ । शैक्षिक र व्यावहारिक ज्ञानसँगै प्रशस्त मात्रामा साहित्यिक भावना स्रष्टामा प्रस्फुटन भएको देखिन्छ । पशु एकता शीर्षकको प्रसंगमा लेखकले बडो रोचक ढंगले प्रस्तुत गरेका छन् । त्यसैगरी मनोरन्जन र त्रासदीपूर्ण रोमाञ्चित घटनाक्रमको पनि स्रष्टाले पुस्तकमा वर्णन गर्न भ्याएका छन् । रचनामा प्रस्तुत गरिएको स्वास्थ्य र उपचारपद्धका विषयमा पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण प्रसंग उल्लेख गरेका छन् । त्यसमा घरेलु उपचारसँग सम्बन्धित विषयलाई समावेश गरेका छन् । धर्म र संस्कृतिका विषयमा ज्ञान प्राप्त गर्न सकिने पनि यो पुस्तकमा प्रशस्त आधारहरु प्रस्तुत गरिएको छ । यी यावत विषयलाई नियाल्दा समग्र रुपमा लिखुसँग आत्मसमर्पण पुस्तक याथार्थवादी, सान्दर्भिक भएको पाइन्छ ।
लेखकः देवशंकर पौडेल
जन्म : २०१६ साल, कात्तिक २६ गते बिहिवार
स्थानः सैपु पुलु, लिखुतामाकोशी–२, रामेछाप
माताः कौशल्यादेवी पौडेल
पिताः तेजप्रसाद पौडेल
प्रकाशकः नेपाल एक्सप्लोर्स मिडिया प्रा.लि.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *