शक्ति र देवेन्द्रले राखेको सुन खोई ?

राजनीति समाचार

काठमाडौं । सत्तामा छँदासम्म जनता चाहिएन, पद र कुर्सी गएपछि कार्यकर्ता चाहिएको छ । बिचौलियालाई राज्यका सम्मान र पुरस्कार एक शब्द नलेखी पत्रकार बन्ने सुप्रिमोका बिचौलियालाई वितरण गरेको माओवादी सत्ताकै भएपछि जनता गुहार्दैछ । वर्गीयता त्यागेर जनताको आवश्यकता माथि माफिया तस्करलाई रजौर गर्न छुट दिने जनार्दन शर्मा र वर्षमान पुनहरुको बिचौलियाले अर्थतन्त्र डुबाए ।

जनयुद्धका बेला दाङमा बैंक लुट्दाको १९ केजी सुन शक्ति बहादुरले चपाएजस्तै स्याङजामा लुटिएको ७ किलो सुन देवेन्द्र पौडेलले बेपत्ता पारेको गोपाल किराँतीले बताउँछन् । पूर्वमा मंगोल अर्गनाइजेशन नामको पार्टी खोलेर राई लिम्बुको संगठन बनाएका तिनै किराँती अहिले माओवादीमा छैनन् ।े माओवादी नेतृत्वको अवसरवादी चरित्रको भण्डाफोर गर्न थालेका छन् । अब कार्यकर्ताले यस्ता व्यक्ति जहाँ जान्छन्, त्यहाँ लुटेको सुन खोई भनेर सोध्ने गरेका छन् ।

माओवादीमा लागेर सावाँब्याज उठाएका अर्का भ्रष्ट दिनानाथ शर्माले १८ महिना शिक्षा मन्त्री बन्ने दिनानाथले माइली छोरी कल्पना, कान्छो छोरो पिए राखेर शिक्षा माफियाहरुसँग पैसा उठाए र सामाखुसीमा दरबार नै बनाए । यस्ता भ्रष्टलाई अगाडि मञ्चमा राखेर पार्टीले वर्तमान गठबन्धन अपवित्र भन्छ । पहिला देउवाका सहयात्री भएकै हुन् । एमाले र कांग्रेस माओवादीसँग मिल्दा जनप्रेमी उनीहरुका छुट्टै गठबन्धन हुँदा प्रतिगामी कसरी भए । पौडेल र बस्नेत दुवै मन्त्री भएका थिए । दुबै मन्त्री बन्दा घुस उठाएकै हुन् । पौडेल पत्नी कलावति शर्माले त माओवादीका बुद्धिजिवी संगठनका सदस्यहरुसँग एक हजारका दरले पैसा उठाएर झ्वाम पारेकै थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *