संगठनमा धनवाद र अवसरवादी हावी हुँदा अर्काे संगठन गठन गर्नुप-यो

अन्तरवार्ता राजनीति

शरण गुरुङ, सह–अध्यक्ष, एकीकृत सरकारी कर्मचारी संगठन
निजामती कर्मचारीहरुको कान्छो संगठन दुई चीरा परेको छ । पूर्व अध्यक्षहरुले आफू निकटका कर्मचारीलाई अध्यक्ष बनाए पछि पार्टी अध्यक्ष माधव नेपालका भाञ्जी ज्वाई शरण गुरुङहरुको टिमले विद्रोह शुरु गर्दै आएका थिए ।तीन बर्ष अघिमात्र श्रम विभागबाट स्वीकृति पाएर गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा सम्मानजनक स्थान नपाएसँगै शरण गुरुङहरुको समूहले विद्रोह गरेको हो । संस्थापक अध्यक्ष रहेका मोहन घिमिरे उपसचिवमा बढुवा भएसँगै संगठनको अध्यक्षमा छानिएका थिए गगन बिष्ट । विष्ट पनि घिमिरेझैं बढुवा भएर उपसचिव भए । गगन उपसचिवका बढुवाका लागि सिफारिस भएसँगै एउटा पक्षले आफू निकटस्थ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै शरण गुरुङहरुको समूह विद्रोहमा उत्रिएर समानान्तर गतिविधि गर्दै आइरहेको थियो ।

गत बर्षको फागुन २६ र २७ गते खरिपाटीमा भएको भेलाले संगठनको अध्यक्षमा गगन र सह अध्यक्षमा शरणलाई चयन गरेको थियो । निर्वाचन भनिए पनि टीका लगाएरै पदाधिकारी चयन भएको थियो उक्त समयमा । तर गत अस्ति फागुन २९ शरणहरुको समूहलाई माइनस गरी उपसचिवमा बढूवा सिफारिस भइसकेका गगनको अध्यक्षतामा बैठक बसालेर जारी गरेको अपानीप्रति शरणहरुको समूहले आपत्ति प्रकट गरेको थियो । शरण यस अघि नै एमालेमा हुँदा उपाध्यक्ष चलाइसकेका कर्मचारी हुन ।

संघीय संसद सचिवालयमा कार्यरत उनी पार्टी फुटेपछि एकीकृत सरकारी कर्मचारी संगठनमा महासचिव, उपाध्यक्ष हुँदै अहिले सह अध्यक्षको भूमिकामा थिए तर उनी भन्दा कनिष्ठ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै संगठनमा शुरु भएको भाँडभैलो अन्तत दुई चिरा परेर सकिएको छ । उक्त समूहले स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन गठन गरी श्रम विभागमा दर्ता गराइसकेका छन् । शरणका पक्षमा मधेश प्रदेश कार्यसमिति,कर्णाली प्रदेश र गण्डकी प्रदेश कार्यसमितिका केही सदस्यहरुको साथ रहेको बताइएको छ । उनै गुरुङसँग विभिन्न सेरोफेरोमा रहेर तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः

० संस्था जन्मिएको तीन बर्ष नपुग्दै फुटाएर फेरि अर्काे कर्मचारी संगठन निर्माण गर्नुभयो । यो स्थिति किन आयो ?
संगठन संगठकहरूको हातमा गएन नेतृत्व हामीले संगठन जन्माउँदाखेरि एउटा भिजनको साथ दृष्टिकोणका साथ कर्मचारीतन्त्रमा प्रशासनतन्त्रमा सेवाग्राहीले पाएका दुःखहरू र कर्मचारी स्वयंले पनि भोग्नु परेको पीडाहरूलाई हामीले नजिकबाट देखेका थियौं यी कुराहरु नयाँ संगठन एकीकृत स्वरूपमा सबै साथीहरूलाई ल्याएर यसरी गर्ने भन्ने भिजन तत्कालीन रुपमा मोहन घिमिरे म आफू स्वयंले पनि भिजन बनाएर नयाँ संगठन जन्माइयो । पछि मोहन घिमिरे बढुवा भएर जानुभयो गइसकेपछि त्यसको भिजनकर्ताको रूपमा म बाँकी रहेको थिएँ । लोभी पापी इत्यादि सबै चिजले भरिपूर्ण साथीहरू को हैकमवाद चल्यो पार्टीका केही नेताहरुलाई पनि प्रभावमा लिएर उहाँहरु हावी बन्नुभयो । आफूले हात लिने मात्र नभई विधानसमेत मिचेर अगाडि बढ्न थाल्नुभएपछि मैले आवाज उठाउन थालेँ । छलफल गरियो । जानुपर्ने ठाउँमा सबै ठाउँमा पुगेर कुराकानी पनि गरौं काहीँबाट पनि सुनवाई नहुने अवस्था भएपछि धेरै साथीहरु निराश भएर अब कोही स्वतन्त्र भएर बस्ने कोही यत्र त्यत्र लाग्ने भनेर दायाँबायाँ लाग्न थाले। हाम्रो पहिला यो संगठन स्थापना गर्दा जुन उद्देश्य थियो जुन अठोटका साथ हामीले संगठन स्थापना गरेका थियौँ। त्यो उद्देश्य र अठोट पूरा गर्नुपर्ने कार्यभार बाँकी नै रहेको हुनाले स्वतन्त्र भन्ने नाम कर्मचारी संगठन जन्मानुपर्ने अवस्था आयो ।

० कसको कारणबाट यस्तो अवस्था भयो कि कर्मचारी संगठन नै फुटाउनु पर्ने ?
प्रविधिको कारण यस्तो भयो पात्र त फेरिँदै आउँदो रहेछ । प्रविधि कस्तो हुँदो रहेछ भने अर्थवाद अवसरवाद अरुको रुपमा हावी भए पात्रहरू यहाँनेर देखा पर्नुभयो । एकीकृत भन्ने नफुड्न पनि सक्थ्यो होला। पछिल्लो समय सामान्य प्रशासन मन्त्रालय र भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा रह्यो। इन्जिनियरहरूको सरुवा र नासुहरूको सरुवामा ठूलो चलखेल हुने रहेछ । यो संगठनलाई प्रयोग गरेर एउटा समूह हावी भइरहेको थियो । मन्त्री प्रकाश ज्वालालाई सबै खालका सूचनाहरू दिइरहेका थिए मैले । त्यसपछि सलबलाउन कम भयो तर सामान्य प्रशासन मन्त्रालय पनि एकीकृत समाजवादीको भागमा परेपछि एउटा समूह लाग्यो । आफ्नो अविष्ट पुरा गर्नका लागि एउटा टिम बनाउन जरुरी देखियो त्यो टिम त्यो संगठनकै माध्यमबाट बनाउने । त्यो बेलामा गगनसिंह बिष्ट अध्यक्ष हुनुहुन्थ्यो।

उहाँ पनि बढुवा हुनुभयो। त्यही बेलामा संगठनको अग्रज मोहन घिमिरेले नेतृत्व गर्नुभयो भनेर म खुलमखुला भन्न सक्छु । उहाँकै नेतृत्वमा संगठनमा कहिले नलाएका व्यक्तिले दर्खास्त हालेर उपाध्यक्ष भएर आएका २१ जना उपाध्यक्ष मध्ये तीनजना १९ जना सचिवमध्ये तीन चार जना सचिव हरु लागेर एउटा समूह बनाउनुभयो सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी सरुवा गर्दा यसरी गर्ने यति उठाउने यति कलेक्सन गर्ने भनेर उहाँहरुले करोडौंको हिसाब निकालेर त्यसका लागि संगठन उहाँहरुले आफ्नो हातमा ल्याउनै पर्ने थियो। त्यो संगठन आफ्नो हातमा ल्याउनका लागि एउटा डिजाइन गरेर डिजाइन बमोजिम पार्टीको केही व्यक्तिलाई पनि प्रभावमा पार्नुभयो उहाँहरुले । प्रभाव पारेपछि म लगायत यो संगठन भनेर मरिहत्य गर्ने धेरै साथीहरुलाई व्यवस्था गर्दै किनारा लगाउने काम भयो । सोही कारण यो अवस्था हुन पुगेको हो ।

० एकीकृत सरकारी कर्मचारी संगठनमा तपाईले अध्यक्ष नपाएपछि अहिले अर्काे संगठन निर्माण गर्नुभयो भनिन्छ । अध्यक्षको कुर्सीकै लागि हो संगठन फुटाउनुभएको हो ?
अध्यक्षको लागि मेरो दावा थिएन। । मैले व्यवस्थापन गर्ने सन्दर्भमा केही प्रस्तावहरू राखेका थिए। त्यो प्रस्तावमा सहमति पनि गरियो खरिपाटीमा केन्द्रीय कमिटी बैठक हुँदाखेरि । त्यो सहमति अनुसारको कार्यान्वयन नभएको इस्यु थियो। अहिले के भनेको थिएँ भने विधानमा भएको व्यवस्थालाई रोलक्रम लाई पालना गरौँ त्यसलाई नमिचौ भन्ने सम्बन्धमा सह अध्यक्ष भन्ने पद राखिसकेपछि अध्यक्ष सहअध्यक्ष लाई बनाइएन भने विधानको अवमूल्यन हुन्छ । त्यसकारण बरु एक महिना भनेपनि बसिदिन्छु । त्यसपछि अर्को मान्छेलाई ल्याई व्यवस्थापन गर्दै जाउँ भन्दै आएको थिएँ। सहमति पनि भएको थियो । सहमति भएअनुसार कार्यान्वयन नगरेर एकपक्षीय ढङ्गबाट ग्रान्ड डिजाइन गरेर विधान कुन्छिने काम गर्नुभयो । हामीले त्यतिबेला उठाएका मुद्दाहरू स्थापित गर्नका लागि फेरि पनि एउटा संगठन चाहिने पहिलेको संगठनले काम गर्न नसक्ने भएको कारण अर्को संगठन जन्माउनुपर्ने त्यसको नेतृत्व भन्ने कुरा कोही न कोही उभिनुपर्ने भएको कारणले अहिलेको लागि म उभिएको मात्रै हो । अध्यक्ष बन्नकै लागि फुटाएको भने होइन ।

० तपाई उक्त संगठनमा अध्यक्षको दावेदार हुनुहुन्थ्यो । पार्टी अध्यक्ष नै तपाईको नातेदार पनि तर किन सुनुवाई भएन,तपाईको कुरा ?
मेरो सुरुदेखिको मूल्य मान्यता के हो भने नातावाद कृपावाद आधारमा पदहरू प्राप्ति गर्ने विषय चाहिँ म विरोधी हुँ । त्यसकारण मैले त्यतातिर प्रयत्न पनि गरिन । मैले अवगत गराउनुपर्ने कुराहरूमा लिखितमा होस् या मौखितमा प्रयत्न गर्नुपर्ने कुराहरु कुनै पनि बाँकी राखिन । विधानमा लेखेको कुरा चाहिँ कार्यान्वयन हुनुपर्छ भनेर कार्यान्वयन गराउन खोजेको हो। अध्यक्ष नै बन्ने हिसाबमा साँच्चै त्यसरी लागेको भए त्यो सम्भव पनि थियो । नातावाद र कृपावाद जोडेर अध्यक्ष बन्न चाहेको भए २००% सम्भावना थियो । नातावाद कृपावाद र अर्थवाद यो विकृति पनि हुँदो रहेछ संगठनमा। सबै पार्टीहरूमा यो आरोप लगाउन खोजेको होइन । पार्टीभित्र रहेका केही व्यक्तिहरूमा अलिअलि त्यो खालको झझलको देखिन्थ्यो । मैले व्यक्तिलाई मात्र आक्षेप लगाउन खोजेको हो ।

० एकीकृत कर्मचारी संगठनका पदाधिकारीहरु कमाउ र उठाउ धन्दामा लागेको आरोप लगाउँदै आउनुभएको छ । को को छन् यो धन्दामा अलि स्पष्टसँग बताइदिनुहोस ।
मौका पाउँदा फेरि त्यस्तो प्रविधि व्यक्तिमा सर्ने र नछोड्ने प्रविधि देखिन्छ। यो अहिले यत्रतत्र सर्वत्र देखिन्छ। अस्ति भर्खर निजामती सेवा दिवसको दिन प्रधानमन्त्रीले बोल्दा पनि यसमा संकेत गर्नुभयो कर्मचारीहरु यस्ता छन् भनेर । तिनै कर्मचारीहरू मध्यबाट बनेको यो संगठन । हामीले त्यस्ता विकृति र विसंगतिका विरुद्धमा आवाज उठाउने संकल्प आएका थियौँ । हामी पनि त्यस्तै भयौं भइराखेका छौं भन्ने मेरो पनि आरोप हो । पात्र त एउटा आउँछ उसले गर्छ उसले गर्छ तर यो कसैले पनि नछोडेको देखिन्छ । मलाई चित्त नबुझेको विषय भनेको संगठन भनेको छ लागेको छ । दुःख गरेको छ त्यही मान्छेलाई कुनै दिन सरुवा गर्दा पनि शुल्क बुझाएर मात्र गर्नुपर्ने धेरै साथीहरुले गुनासो गर्नुहुन्छ ।

० तपाईहरुको संगठन स्वतन्त्र निजामती नाम लिएर जाँदा मीनभवनमा दर्ता गर्नबाट रोक्न चलखेल थियो भन्ने सुनिन्छ कसरी दर्ता गर्नुभयो । त्यही नाममा पशुपति पोखरेलले अर्काे संगठन दर्ता गरिसकेका छन् ?
स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल भनेका छौँ । राष्ट्रसेवक भनेपछि यसको ठूलो दायरा छ। स्वतन्त्र भनेपछि हामी यसै पनि स्वतन्त्र छौँ त्यसैलाई नाममा रूपान्तरण गरेका हौँ । निजामती कर्मचारीहरू राजनीतिमा लाग्न पाउँदैनौं। राजनीतिक कार्यक्रमहरूमा भाग लिन पाउँदैनन् । त्यस्तो भएमा जागिरबाटै बर्खास्त हुनेसम्मको कानुनी व्यवस्था छ । त्यसलाई नामको माध्यमबाट हामीले प्रष्ट पार्न खोजेका हौँ। स्वतन्त्र नाम राख्नु हाम्रो अभियान पनि हो । पशुपतिजीहरूको कुरा गर्नुभयो त्यो स्वतन्त्र निजामती संगठन भनेर गर्नुभएको छ तर दर्ता भएको छैन। साथीहरुले आरोप लगाउनु भएको छ उहाँहरु सिंहदरबारको वरिपरि मात्र मात्र बस्नुभएको छ। त्यहाँ भन्दा बाहिर जान सक्नुभएको छैन उहाँहरुको हैसियत र हिम्मत पनि छैन ।

सिंहदरबारभन्दा बाहिर पनि कर्मचारी छन् धेरै समस्याहरू छन् । धेरै पीडा छ। उहाँहरुले बुझ्नुभएको छैन । उहाँलाई कसरी दर्ता भयो भन्ने लागेको होला । हामीले सबै कर्मचारीहरूको मन जितेर ७५ सय हाराहारी हस्ताक्षर सङ्कलन गरेका छौँ । उहाँ उहाँहरु यहाँ सुतेर बसेको मान्छेलाई त्यो थाहा नहुन सक्छ। विवाहका डिजी डिडिजी निर्देशकहरूले सबै प्रक्रियाहरू हेरेर सूचना निस्क्यो दाबी विरोधको । उहाँ हरू जानुभएन उहाँहरु जाने हैसियत पनि थिएन। पछिल्लो समय संगठनका साथीहरूले दिनदिनै राजीनामा दिएको भनेर घोषणा गरिरहनुभएको छ । उहाँहरूको कुनै हैसियत नै थिएन । विधान मिचेर अध्यक्ष बन्नुभएको थियो । त्यो मुद्दा पनि श्रममा विचाराधीन छ । मेरो अध्यक्ष पर्ने जाने हो कि भनेर लुकेर हिँड्नुभयो यतै । महासचिव त्यो खेलमा पुरै लाग्नुभयो। एउटालाई अध्यक्ष बनाइदिने सह अध्यक्षलाई विधान विपरीत फ्यालेर अर्कोलाई बनाउने त्यसको तीन महिनापछि म अध्यक्ष बन्न पाउँछु भन्ने उहाँको दाउ मात्र थियो । उहाँ पनि नैतिकताले अनुहार देखाउन नसक्ने भएर होला त्यसको वरिपरि बस्न सक्नुभएन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *