महानगरपालिकाका कार्यकारी अधिकृतको नजर ठेक्कापट्टामा

राजनीति समाचार

काठमाडौं । पढाईमा मात्र अब्बल भएर के गर्नु,कार्यसम्पादनमा खोट देखिएपछि ! अहिले यस्तै प्रश्न उठाउन थालिएको छ,काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा कान्छो सहसचिवका रुपमा आफूलाई चिनाउन चाहने प्रदीप परियारप्रति । उनी उक्त पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा छन्,उनैले गम्भीर प्रकृतिको बदमासी गरेको भेटिएसँगै उनी उपर विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ ।

प्रसङ्ग हो उही काठमाडौं महानगरपालिकाको । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई हटाएर वालेन साहले कान्छा सहसचिव प्रदीप परियारलाई रोजेरै काठमाडौं महानगरपालिकामा लगेका थिए । उनै परियारले गर्न मिल्ने काम नगर्ने तर गर्ने नमिल्ने काम धमाधम गरिरहेको भेटिएको छ । त्यसकै उदाहरण हो,यो ।

प्रदीप परियारले कानुन मिचेर काम गरेको भेटिएसँगै संघीय मामिला तथा सामान्इ प्रशासन मन्त्रालयले विभागीय कारवाहीका लागि सिफारिस गरेको हो । महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, काठमाण्डौ प्लाजा, कमलादी, काठमाण्डौले आफ्नो दायित्व पूरा नगरी आचरण विपरीत गरेकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६५ को उपदफा (२क) बमोजिम प्रस्तुत खरिद कार्यको मूल्याङ्कन समिति तथा सो निर्णयसंग संलग्न सम्बन्धित कर्मचारीहरु उपर प्रचलित कानून बमोजिम कारवाही गर्न श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाण्डौ वा सम्बन्धित मन्त्रालय वा कार्यालय समक्ष लेखी पठाउन भनी निर्णय भएकोले देहाय बमोजिमको कागजात संलग्न गरी यसै साथ पठाइएको व्यहोरा अनुरोध छ । साथै, सो खरिद कारवाहीमा संलग्न कर्मचारीहरु उपर भएको कारवाही सम्बन्धमा यस कार्यालयमा जानकारी समेत दिन हुन अनुरोध गर्दछु ।

यो बिषय चाहिँ ठेक्कासँग जोडिन्छ । सार्वजनिक खरिद ऐनले भन्छ,सबैभन्दा कम बोलकबोल गर्नेलाई ठेक्का दिनु तर प्रदीप परियारको कमिटिले ३ करोड बढी बोलकबोल गर्नेलाई ठेक्का दिएसँगै सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६५ को उपदफा (२क) बमोजिम प्रस्तुत खरिद कार्यको मूल्याङ्कन समिति तथा सो निर्णयसंग संलग्न सम्बन्धित कर्मचारीहरु उपर प्रचलित कानून बमोजिम कारवाही गर्न पत्र काटेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले काटेको अति गोप्य पत्रमा भनिएको छ, महानगरपालिकाबाट आह्वान गरिएको बोलपत्र आह्वान ठेक्का न 06-27-080-81-NCBW-KMC: Sewer Construction Works at Samakhusi Corridor From Basundhara to Mehpi. KMC-03. 26816  कार्यको प्राविधिक प्रस्ताव माथि मूल्याङ्गन गर्दा उक्त कम्पनीको प्राविधिक प्रस्ताव पेश गरेको Pending Litigation Form–LIT–1 cGtu{t Matter in Dispute df None भनी उल्लेख भएकोले काठमाण्डौ नगरपालिकाको ठेक्का नं. 33–185–077–78–NCBW–KMCM Construction of Building at Teku= KMC–12 df dispute रहेकोमा सो विषय नखुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ को उपदफा (२) को खण्ड (ख) बमोजिम तथ्य वङ्ग्याई झुक्याई कार्यालयमा विवरण पेश गरेकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६२ को उपदफा (२) वमोजिमको आचरण विपरीत काम गरेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा कारवाही गर्न पत्र काटेको हो ।

उसो त सेलिव्रेटी प्रमुख प्रशासकीय अधिकृतका लफैडा लफडा छन् । पूँजीगत खर्च निराशजनक छ । यसरी महानगरपालिकाको पूँजीगत खर्च निराशजनक हुनुमा एक्ला वालेन साह,सुनिता डंगोल,जनप्रतिनिधिहरुको मात्र हो ? वा प्रमुख प्रशासकीय अधिकृतले तदरुकता लिएर काम गर्न नसकेको हो ? जनप्रतिनिधिको जति खोट छ,उतिकै खोट र जिम्मेवारी छ प्रदीप परियारको । अधिकृतबाट उपसचिवमा कामै नगरी ३२ वर्षमै सहसचिव बनेका प्रदीप परियारलाई योजना आयोगबाट टपक्क टिपेर मेयर वालेन साहले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइँदा त्यहाँ भद्रगोल देखिएको महानगरपालिकाकै कर्मचारीहरुले बताउने गरेका छन् ।त्यहाँ कतिपय महाशाखाहरु अहिले पनि निमित्तकै भरमा चलिरहेको छ ।

लामो समय स्थानीय तहमा काम गरेका,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा बसेर अनुभव बटुलेका,प्रमुख जिल्ला अधिकारी समेत चलाइसकेका बसन्त अधिकारीलाई लखेटेर त्यहाँ प्रदीप परियारलाई हाकिम बनाएर लगिएको छ । उनी माघ ५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् । अधिकृतबाट एकै पटक सहसचिवमा बढुवा भएका प्रदीप परियार यस्ता भाग्यमानी सहसचिव हुन,जस्लाई सहसचिवमा बढुवा भएर प्रदेशतिर खटिनु परेन । पूर्व मुख्य सचिव नै दाहिना हुँदा उनले सिधै शहरी विकास मन्त्रालयमा पदस्थापन भेट्टाए । त्यहाँ पनि लामो समय टिक्न सकेनन् र योजना आयोगतिर पुगे । यही समयमा बसन्त अधिकारीलाई लखेटेर बालेन साहको रोजाईमा परे युवा र कान्छा सहसचिवलाई विभागीय कारवाही गर्नका लागि सामान्य प्रशासनलाई पत्र काटिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *