भ्रष्टाचारी र ठगको सारथी बन्दै सरकार

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलकै कारण नेपालीहरु विदेसिन वाध्य भएका छन् । सर्वसाधारणका छोराछोरीले रोजीरोटीको लागि विदेशिने गरेका छन् भने नेता, कर्मचारी, उद्योगी, व्यापारी र उच्च ओहदाका कर्मचारीका छोराछोरीहरु पढ्ने नाममा नेपालको पैसा विदेशमा थन्क्याउने गरेका छन् । ठूलाबडाका छोराछोरीहरुले पढाइ खर्चको नाममा हुन्डीबाट पैसा विदेश पु¥याउने गरेका थुप्रै उदाहरणहरु छन् । नेपालमा भ्रष्टाचार, कालाबजारी र भन्सार छली गरेर कमाएको पैसा विदेशमा लगेर घरजग्गा किन्ने, व्यापार व्यावसाय गरेर कालो धनलाई सेतो बनाउने काम गरेका छन् ।

नेता, मन्त्री, कर्मचारी र व्यापारीहरुका छोराछोरीहरु विदेशमा नेपालको पैसामा मोजमस्ती गरिरहेका छन् । यता सर्वसाधारणका छोराछोरीहरु रोजीरोटीको लागि भौतारिरहेका छन् । तर, राज्यको जिम्मेवार निकायमा बस्ने व्यक्तिहरुले त्यस्तो विषयमा ध्यान दिएका छैनन् । उता, चाडपर्व नजिकिँदै गर्दा बजार भाउ आकासिएको छ । भ्रष्टाचार बढिरहेको छ । सहकारी ठगीका काण्डहरु दिनप्रतिदिन बढिरहेका छन् । फुटपाथे व्यापारीदेखि मकै पोल्नेहरुले खाइनखाइ सहकारीमा जम्मा गरेको पैसा हिनामिना गरेर सञ्चालकहरु फरार भइरहेका छन् ।

कतिपय राजनीतिक दलका नेतादेखि कर्मचारीसमेत सहकारी ठगीमा मुछिएका छन् । सहकारी ठगीमा मुछिएका व्यक्तिहरुको छानबिन गर्ने भनेर सरकारले समिति बनाएर झारा टार्ने काम गरिरहेको छ । छानविन समितिले प्रतिवेदन बुझाउँदा पनि सरकारले त्यस्ता व्यक्तिलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन । सहकारी ठगी गर्नेलाई कारबाही गर्दा आफ्नै पार्टीका ठूला नेता तानिने भएकाले सहकारी ठगी गर्नेलाई जोगाउने प्रयास भइरहेको छ । त्यसकारणले नेपालमा सहकारी ठगी गर्नेदेखि भ्रष्टाचार गर्नेहरु हौसिँदै गएका छन् । तर, सरकारका जिम्मेवार निकायमा बसेकाहरु भने तिनै भ्रष्टाचारी र ठगी काण्ड मच्चाउनेको सारथी बनिरहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *