बद्नाम पात्र नै राजदूत र मन्त्री

राजनीति समाचार

काठमाडौं । कुटनीतिक क्षेत्रसमेत खराब भएको छ । पैसा असुल्न स्नातक पास नगर्नेलाई राजदूत सिफारिस गर्ने मानव अधिकार आयोगमा रहँदा आफ्नै स्वकीय सचिवको इज्जत दाउमा लगाउने पनि राजदूत बनाइए । राजा, कांग्रेस, गणतन्त्र जुनसुकै व्यवस्थामा त्यही शंकर शर्मा छुट्न नहुने कारण के ? एमाले र कांग्रेसको इच्छामा छानिएका राजदूत विगतमा कस्ता थिए, अहिले त्यस्तै छन् ।

२ करोड डा.प्रकाशशरण महतलाई घुस बुझाएर श्याम खड्का बागमती प्रदेशको मन्त्री भएका छन् । तिनले लगानी उठाउँछन् कि जनताको काम गर्ने हो ? ओली सरकारको मनित्रमण्डलमा सरकारी राजस्व हजम गर्ने दीपक खड्का, संघमा प्रदेशमा बादशाह कुर्मी, रोज राणा, मिनकृष्ण महर्जनजस्तालाई कांग्रेसले मन्त्री बनाउन लाज मानेन् ।

डा. आरजु राणासमेत भ्रष्टाचारमा मुछिएकी छिन् । कपिल श्रेष्ठ, शंकर शर्मा बारम्बार साथ पाउनुपर्ने, डा.युवराज खतिवडा एमालेको सम्पत्ति मान्नुपर्ने अवस्था सिर्जना भयो । देश आर्थिक रुपमा टाट पल्टिने अवस्थामा छ । प्रधानमन्त्रीले नै शैक्षिक योग्यता नभएका रामकृष्ण भट्टराईलाई राजदूत सिफारिस गरेका छन् । कपिल श्रेष्ठ बिना कांग्रेसले राजनीति गर्दैन भने फरक कुरा, तर संविधानले व्यवस्था गरेको कानून उल्लघंन गरेर कांग्रेस र एमाले किन गर्व गर्छन ? हत्यारालाई सांसदको टिकट दिने पैसा लिएर अपराधको संरक्षण गर्ने गणतन्त्र जनताले चाहेको होइन ।

कांग्रेसमा तिनै देउवा, प्रकाशमानबाहेक अरु छैनन् । एमालेमा ओली र ईश्वर नै आवश्यक किन ? माओवादीमा प्रचण्ड र नारायणकाजी सँधै किन भनेर जनताले प्रश्न गर्दछन् ? भ्रष्टाचारको सुशासनको नमुना राजदूत सिफारिस र लाजै नमानी शंकर शर्माहरुले भारतमा दोहो¥याउँदै राजदूत हुन रुचाउनु हो । ओली सरकारको समृद्धि र विकास भनेको निर्माण पुरा नहुँदै धरहरा शिलन्यास गर्नु र पानी बिनाको जहाज र अध्ययन बिनाको रेल चलाउनु हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *