धनराजको ठगी मुद्दामा शेखर चुप

राजनीति समाचार

काठमाडौं । ठग र अपराधीको संरक्षण कांग्रेसले गरेको छ । उपसभापति धनराज गुरुङलाई जोगाउँदा डा.आरजु देउवालाई अमेरिका रहेका नेपालीबाट देखाइएको त्यो सद्भावको मूल्यांकन कसले गर्ला ? विगतमा पार्टी संस्थापन पक्षको आश्रयबाट मनोनित केन्द्रीय सदस्यहरु विभागका प्रमुखसँगै सदस्यहरु आफ्ना कति पर्छन भन्दै कुर्लने डा.शेखर कोइराला सहकारी ठगले १४ करोड ५० लाख जनताको लुट्दा चुइँक्क बोलेनन् । कांग्रेसमा धनराज गुरुङ र दीपक खड्का भ्रष्टाचारका पात्र हुन् । यी दुबै कोइराला परिवारसँग नै जोडिएका छन् ।

धनराज डा.शेखर निकट हुन भने खड्का डा.शशांक निकट हुन् । कानूनमन्त्री बनेका बेला गुण्डा र ज्यानमाराको अदालती मुद्दा कमजोर बनाएर मुद्दा फिर्ता लिँदै छाड्ने नैतिक साहस भएकै कारण धनराजले कानूनमन्त्रीबाट हटेपछि मितेरी सहकारीको ९५ लाख ऋण तिरेका थिए । ६७० कैदीको चालचलन सुध्रिएको बाँकी अवधि छुट पाउन कांग्रेसी गुण्डा रिगल ढकाल जेलमुक्त भए । जसले चेतन मानन्धरको हत्या गरेका थिए । आफै तरुण दलको महासचिव भएका बेला सांसदहरुको रातो पासपोर्ट बेच्न सफल गुरुङ नैतिकताको पाठ राम्रै पढाउने पात्र हुन् ।

चुनाव जित्न सघाएबापत उनले तत्कालीन निर्वाचन अधिकृतलाई न्यायाधिश बनार्इै दिएकै हुन् । कांग्रेसमा धनराजहरु धेरै छन् । तर आर्थिक अपराधमा जोडिँदा डा.आरजु राणाको रापतालले जोडिने धेरै हुँदा अब डा.शेखर समुह पनि एउटै मेसोमा परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *