मर्जर भएका बैंक र बीमा कम्पनीहरु भित्रभित्रै टाट पल्टिँदै

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । कांग्रेस र एमाले ठूला दुई दल मिलेर सरकार बनाए तापनि सर्वसाधारणलाई स्थिर सरकारको खासै अनुभूति दिन सकेको छैन । स्थिर सरकारको अनुभूति नहुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थतन्त्र चलायमान नहुँदा बैंक तथा वित्तीय संस्थामा निक्षेपकर्ताको पैसा थुप्रिएर बसेको छ । सरकारले राजनीतिक स्थिरताको अनुभूति नदिँदा लगानीकर्ताहरु बैंकबाट ऋण लिन डराइरहेका छन् । लगानीकर्ताले बैंकबाट ढुक्कले ऋण नलिँदा बैंकमा पैसा थुप्रिएर बसेको छ । बैंकले लगानी गर्न नसकेपछि पछिल्लो समय उनीहरुले ब्याजदर घटाएका छन् ।

यतिबेला लगानी गर्नै नसक्नेमा सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् । यी तीन सरकारी बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएको छ । ब्याजदर घटाउँदामा पनि लगानीकर्ता ऋण लिन आकर्षित भएका छैनन् । त्यो नहुनुमा सरकारले स्थायित्व र सुशासनको अनुभूति दिन नसक्नु मुख्य कारण रहेको छ । त्यसैगरी प्राइभेट बैंकहरु गाभ्ने÷गाभिने र मर्जर भएर ठूलो बैंक भए तापनि लगानी गर्न नसक्दा निपक्षकर्ताको पैसा बिनालगानी थुप्रियर बसेको छ ।

यता निक्षकर्तालाई बैंकले ब्याज दिनुपर्ने उता लगानी नहुँदा बैंकहरु संकटमा पर्दै गएका छन् । त्यस्तै मर्जर भएका बैंक र बीमा कम्पनीहरुमा कर्मचारी समायोजन र वृत्तिविकासमा समस्या परेपछि आन्तरिक झगडा सुरु भएको छ । दुई÷तीनवटा बैंक गाभिएको ठाउँमा एउटा बैंकबाट आएका सिईओ अर्को बैंकबाट मर्जर भएर आएका सिईओसँग बोलचान नै बन्द भएको र कर्मचारीबीचमा पनि को ठूलो पदको, को सानो पदको भनेर द्वन्द्व सिर्जना भएको लगायतका समस्या मर्जर भएका बैंकहरुमा देखिएको छ । त्यस्तै बैंकहरुमा कर्मचारी बढुवा, वृत्तिविकास र तलबमानमा पनि समस्या देखिएको छ । सञ्चालक, सिईओ र कर्मचारीबीच द्वन्द्व सिर्जना हुँदा कर्जा प्रवाहदेखि पहिलाको ऋण उठाउन समेत समस्या भइरहेको छ । त्यसले नाफा कमाउन र चुस्तदुरुस्त सेवा प्रवाह गर्ने उद्देश्यले गाभ्ने÷गाभिने र मर्जर भएका बैंकहरु तहसनहस हुँदै गएका छन् । त्यसैगरी गाभ्ने÷गाभिने तथा मर्जर भएका प्राइभेट इन्स्योरेन्स कम्पनीहरु पनि समस्याग्रस्त भएका छन् । देशमा आर्थिक मन्दी छाएसँगै कतिपय लाइफ तथा ननलाइफ बिमितहरुले प्रिमेम तिर्न सकेका छैनन् ।

कतिपय विदेश गएका बिमितहरुले प्रिमेयम नबुझाउँदा पनि बीमा कम्पनीहरु समस्यामा परेका छन् । कतिपय बीमा कम्पनीहरुले बीमा गर्ने बेलामा विभिन्न आकर्षक स्किम ल्याउने र दाबी भुक्तानी गर्ने बेलामा ढिलासुस्ती गर्ने, भनेअनुसारको बोनस नदिने जस्ता क्रियाकलापले गर्दा पनि बीमितहरुले प्रिमियम नतिरेर बीचमा छाडिदिने गरेका छन् । त्योसँगै विभिन्न प्राकृतिक विपत्तिले बीमित संरचामा पु¥याएको भौतिक क्षेतिका कारण दावीभुक्तानी दिनुपर्ने भएकाले बीमा कम्पनीहरु समस्यामा पर्दै गएका छन् गत हप्ता गएको बाढीपहिरोले पु¥याएको क्षतिमा । विभिन्न बीमा कम्पनीहरुले ३ अर्ब हाराहारी बीमा दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ । त्यसले गर्दा पनि बीमा कम्पनीहरु झन् टाट पल्टिँदै जाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *