काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १६ गते विभिन्न मन्त्रालय अन्तर्गत स्थानीय, प्रदेश, संघीय मन्त्रालय अन्तर्गत विभिन्न तहमा कर्मचारीहरु सरुवा गरेको छ । सो कर्मचारी सरुवामा संघीय मन्त्रालयका कर्मचारीहरुको हालीमुहाली रहने गरेको छ ।
नेपाल निजामती कर्मचारीका नेता, संघीय सचिव रवि लाल पन्थको डिजाइन अनुसार केही कर्मचारीहरुलाई सुगम र मालदार अड्डामा सरुवा गरिएको बताइन्छ, भने कतिपय ठाउँमा कर्मचारी सरुवा गर्दा भन्सुन र लेनदेनको आधारमा गरिएको पाइन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन महिना लाग्ना साथ कर्मचारी सरुवा गर्ने परम्परा छ ।
तर, कतिपय कर्मचारीहरुलाई सरुवा गर्दा घुस लिएको आरोप पनि त्यत्तिकै छ । कर्मचारी नेताका आफन्त, मन्त्रीका आसेपासेलाई मालदार अड्डामा सरुवा गरेको र पैंसा असुलेको र सोर्फोर भन्सुन नहुने कर्मचारीहरु सधैं काम नलाग्ने अड्डामा सरुवा हुन बाध्य भएको केही कर्मचारीहरुको गुनासो रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन महिनादेखि वर्षैंभरी धेरथोर कर्मचारी सरुवा गरेर दिन बिताउने गरेको छ। मन्त्रालयले पनि कर्मचारी सरुवामा ठूलो मात्रामा चलखेल गर्ने गरेको छ ।
संघीय मन्त्रालयले २० जनाभन्दा बढी उपसचिव, केही सहसचिव र धेरै मात्रामा शाखा अधिकृत, इन्जिनियर, नासु, खरिदार, कम्युटर अपरेटरको सरुवा गरेको छ । साउन १६ गते ठूलो मात्रामा कर्मचारी सरुवा गरेता पनि सो कर्मचारी सरुवामा मन्त्री भगवती न्यौपाने अक्क न बक्क भएर बसेको बताइन्छ । संघीय मन्त्रालयमा कर्मचारी सरुवा गर्दा विगतका वर्षदेखि चलखेल हुँदै आएको थियो । यसपालि पनि कर्मचारी सरुवामा चलखेल भएको बताइन्छ ।
कतिपय कर्मचारीहरु त वर्षौं वर्ष एउटै अड्डामा बस्नु परेको सरुवाको लागि भन्सुन गर्दापनि अटेर गरी सरुवा नगरिदिएको, बिमारी पर्दा समस्यामा पर्ने र वृद्ववृद्वा आमा बुवाको सेवा गर्न नपाएकोे कर्मचारीहरुले गुनासो गर्ने गरेका छन् । तर संघीय मन्त्रालयले कर्मचारी सरुवा गर्दा निष्पक्षता, अनुभवी र निष्ठावान कर्मचारीहरुलाई मिलाएर सरुवा गर्नुपर्ने ठाउँमा त्यो नगरी होल सेल मूल्यमा कर्मचारी सरुवा गर्ने गरेको छ ।
त्यसले गर्दा सर्वसाधरण सेवाग्राहीहरुको काम समेत ओझेलमा पर्दै गएको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा गरेता पनि सोर्फोस र भन्सुनको आधारमा आफुलाई पायक पर्ने अड्डामा काजमा बस्ने र सरकारले खटाएको ठाउँमा नजानेको संख्या व्यापक रहेको छ । त्यस्ता कर्मचारीलाई न, त संघीय मन्त्रालयले कार्बाही गर्छ न, त सम्बन्धीत निकायले ध्यान दिने गर्छ । त्यसले गर्दा कर्मचारी सरुवामा मनपरीतन्त्र भएको सेवाग्राहीले मार खाँदै आएको बताइन्छ ।

