मधेसी मोर्चाको देखियो फुँइ

राजनीति समाचार

काठमाडौँ । मधेस प्रदेशको सत्तामा निरन्तर रहँदा त्यो प्रदेशको गरिबी, बेरोजगारी, भोकमरी र घरबास व्यवस्थापनतर्फ चासो नदिने उपेन्द्र यादव, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतोहरूलाई जनमत पार्टीका सिके राउतले हिस्स पारेका छन् । पूर्वी मधेसको जनकपुर र धनुषा क्षेत्रमा राम्रै पकड बनाएका सिकेको पार्टीले प्रदेश सरकारमा मुख्यमन्त्री लिएको छ । त्यसको कार्यप्रगति पनि उपेन्द्र यादवको जसपाले एक कार्यकाल जसरी चलायो त्यही गतिमा दौडिँदैछ ।

पहाडिया नस्लवादले आफ्नो अधिकारमाथि हमला ग¥यो भन्ने राजेन्द्र महतोले लोसपाबाट फुटेर राष्ट्रिय मुक्ति पार्टी बनाएका छन् । विगतमा महतोसँगै सद्भावना पार्टीमा रहेका हृदयेश त्रिपाठी जनप्रगतिशील पार्टीको नाममा चुनाव लड्न नसकेर एमालेको चुनाव चिन्ह सूर्यमा फस्दा नवलपरासी ४ बाट पराजित भएकै हुन् । अहिले रूपन्देही ३ को कार्तिक १७ को चुनावमा ‘एक हुने एउटै उम्मेदवार’ बनाउने मोर्चाको योजनामा सिके राउतको जनमत पार्टीले साथ दिएन ।

उता महन्थसँग फुटेर सुनिल झाले सद्भावना पार्टी बिउँताएपछि महन्त ठाकुरसँग रहेका महोत्तरीका शरद्सिंह भण्डारी, कपिलवस्तुका सर्वेन्द्रनाथ शुक्लासमेत छटपटाउन थालेका छन् । लोसपा संघ र प्रदेश सरकारमा भएपनि लोकप्रिय भएन, तर सिके राउतको जनमत पार्टीले किसानका एजेण्डाबाट लिएको राजनीतिक फाइदा मुख्यमन्त्रीको ठाउँबाट कस्तो रबैया प्रस्तुत ग¥यो भन्ने बारेमा छलफल भएको छैन ।

माओवादी अध्यक्ष प्रचण्डको मुडमा जन्मिएको समाजवादी मोर्चाबाट हिँडेका उपेन्द्र यादवलाई मधेसी मोर्चाको भन्दा रौतहट गौर काण्डको झस्को पसेकाकारण मधेसी मोर्चा बन्यो, तर गति लिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *