ग्लोबल आइएमईद्वारा लाभांश घोषणा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीका ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट करसहित लाभांश दिने निर्णय गरेको हो ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् तथा आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले साधारण सभा तथा बुक क्लोजको मिति भने तय गरिसकेको छैन । आइतबार बैंकको प्रतिकित्ता २ सय ३८ रुपैयाँ ९० पैसामा अन्तिम सेयर मूल्यमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *