काठमाडौं । जेनजी आन्दोलनबाट बनेको सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी अनिल कुमार सिन्हाले पाएका छन् । सिन्हाले मन्त्रालयको जिम्मेवारी पाए तापनि काम भने राज्यमन्त्रीको जति पनि गर्न सकेका छैनन् । उद्योगी व्यापारीहरुले राजश्व छली गरेर नेपालमा अवैध सामान भित्र्याइरहेका छन् भने मन्त्री सिन्हा उनै उद्योगी व्यापारीहरुलाई सहयोग पु¥याइरहेका छन् । सिन्हा राजनीतिक पृष्ठभूमिका मन्त्री पनि होइनन् । विसुद्ध व्यापारी पृष्ठभूमिबाट आएका मन्त्री हुन् । त्यसले गर्दा सिन्हा मन्त्री भएदेखि उद्योगी, व्यापारीहरुले ठूलो मात्रामा राजश्व छली गर्दै आएका छन् ।
एकातिर यस्तो अवस्था छ भने अर्कोतिर व्यापारी र विचौलियाहरुले राजश्व छली गर्ने कारणले सरकारले चाहेअनुसार राजश्व उठाउन सकेको छैन । व्यापारी र उद्योगीहरुले पनि राजश्व तिर्न आनकानी गरिराखेका छन् । नागरिक सरकारले देश र जनताको हितमा काम गर्ने भन्दा स्वार्थपूर्ति मात्रै गर्ने देखिन्छ । सरकारकै कारण जेनजी पुस्ताको बलीदान पनि खेरा जाने भएको छ । मन्त्री सिन्हाले राजश्व उठाउनको राजश्व उठाउनको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । तर, मन्त्री सिन्हाले त्यो भूमिका खेल्न सकेका छैनन् । सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएपछि ठूला–ठूला व्यापारीहरुबाट राजश्व उठाउन पहल नगरेको, ठूला करदाता कार्यालयलाई राजश्व उठाउन आदेश नदिएको, जस्ता विवादमा पर्न थालेका छन् ।
त्यसले गर्दा मन्त्री सिन्हाले देश र जनताको हितमा काम गर्ने भन्दा पनि उद्योगी र व्यापारीहरुलाई फाइदा हुने काम गरिराखेका छन् । आफ्नै कारणले गर्दा मन्त्री सिन्हाको काम हात्ती आयो, हात्ति आयो फुस्सा जस्तै भएको छ । उता बजारमा कालो बजारीयाहरुले अखाद्य वस्तु मिसाएर खाद्यान्न विक्रिवितरण भइरहेको छ । त्यसको अनुगमन गर्न सकेको छैन ।
व्यापारीहरुले सामानमा मुल्य सूची राखेको पाइँदैन । राखिहालेतापनि सस्तोलाई महङ्गो र महङ्गोलाई सस्तो बनाएर राखेको पाइन्छ । उपभोत्ताहरु खानेतेल दाल, दालदा घिउ, चामल जस्ता अखाद्यन्नमा अखाद्य वस्तु समय सकिएको र मिसावट खाना खान बाध्य भएका छन् । तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने त्यसको अनुगमन गर्न सकेको छैन । त्यसले गर्दा मन्त्री सिन्हा निक्कमा सावित हुने पुगेका छन् ।

