काठमाडांंै । जेनजी पुस्ताको आन्दोलनबाट बनेको शुशिला कार्की नेतृत्वको सरकारले दुई महिना पुग्दासमेत श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त गर्न सकेको छैन । मन्त्री नियुक्ति गर्न नसकेपछि प्रधानमन्त्री कार्कीले सो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । तर, रोजगारी र अध्ययनको लागि विदेश जाने नेपालीहरु दिनप्रतिदिन ठगिँदै आएका छन् ।
विभागीय मन्त्री नभएपछि वैदेशिक रोजगार विभागमा विभिन्न ठगीका मुद्दाहरु बढेर ३० हजारभन्दा बढी पुगेका छन् । तर, श्रममन्त्रीको जिम्मेवारी लिएकी कार्कीको त्यस्ता विषयमा ध्यान पुग्न सकेको छैन । उता, वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई विभागीय मन्त्री नभएको मौका छोपेर कमाउधन्दामा व्यस्त छन् । श्रम सचिव पुष्करहरि कर्ण भने मुख्यसचिव बन्ने धुनमा दौडधूप गरिरहेका छन् । कर्णले दलका नेतादेखि प्रधानमन्त्री शुशिला कार्कीहुँदै मुख्यसचिव एकनारयण अर्यालको चाकडी गर्नमै दिन बिताइरहेका छन् ।
तर, कर्ण र अर्यालबीच पहिलादेखि ‘ईगो’ हुँदै आएकोले अर्यालले कर्णलाई सहयोग गर्ने देखिँदैन । कर्ण मुख्यसचिव बन्नको लागि मधेसी नेतादेखि छिमेकी मुलुक भारतको समेत आशिर्वाद बटुल्दै हिँडेका छन् । कर्ण मुख्यसचिव भएको खण्डमा भारतले बनाएको आरोप लाग्ने भएपछि उनी मुख्यसचिव बन्ने सम्भावना कम छ ।
उनी सधैं प्रधानमन्त्री कार्यालय र अन्य नेताहरुको घरदैलो चहार्दै हिँडेको मन्त्रालय स्रोतले बताएको छ । श्रम सचिव कर्ण मन्त्रालयको कामभन्दा मुख्यसचिव बन्नको लागि खर्च जुटाउन वैदेशिक विभागका महानिर्देशक भट्टराईलाई प्रयोग गरिरहेका छन् । भट्टराई पनि खान र खुवाउन माहिर कर्मचारी हुन् । उनी माओवादी सरकारको पालामा विभिन्न देशको काउन्सुलर बन्दै नेपाल सरकारको महत्वपूर्ण मन्त्रालय चहार्दै श्रम मन्त्रालय पुगेका व्यक्ति हुन् । उनी पनि सचिव बन्नको लागि दौधूप गरिरहेका छन् । केही मिहनाभित्रै उनी सचिव बढुवामा पर्ने छन् ।
सचिव बढुवा खानको लागि सामदाम दन्डभेद प्रयोग गरिरहेका छन् । भट्टराईले पूर्ववर्ती सरकारको पालामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी सरुवामा सेटिङ गरेर अकुत सम्पत्ति आर्जन गरेको संघीय मन्त्रालयमा चर्चा छ । उनै भट्टराई अहिले वैदेशिक रोजगार विभागको महानिर्देशक भएपछि मालामाल बनेका छन् ।
महानिर्देशक भट्टराईले नयाँ म्यानपावर कम्पनी दर्ता, पुरानो नविकरण, मापदण्ड नपुगेकालाई पुनःनविकरण र अनुगमनको नाममा म्यानपावर कम्पनी सञ्चालकसँग मिलेमतो गरी असुली धन्दा चलाका थिए । तर, जेनजी सरकार र सम्बन्धित मन्त्रालयले त्यस्तो सम्वेदनशील विषयमा ध्यान दिन सकेको छैन । त्यसले गर्दा वैदेशिक रोगजारीमा जाने नेपालीहरु दिनप्रतिदिन ठगिँदै गएका छन् । त्योसँगै गृहमन्त्रालयले स्वघोषणा गरेर भिजिट भिसामा विदेश जान पाउने अवधारणा ल्याएपछि झन् ठगीधन्दा फस्टाउने भएको छ । तर, जेनजी सरकार भने सस्तो लोकप्रियतामा रमाइरहेको छ ।

