काठमाडौं । देशका ठूला परियोजनाको विचौलिया र चिनीयाँ कम्पनीको विचौलीया दिपक भट्टले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मात्र प्रभावमा पारेनन् । उनले तत्कालीन अर्थमन्त्री डा. रामशरण महत र अर्थ सचिव अनुप शर्मासम्मलाई समेत प्रभावमा पारेका थिए ।
त्यसरी प्रभावमा पारेर गरिएको भ्रष्टाचारको काण्ड आज अखितयारले उधिनेको छ । दीपक भट्टले जेनजी सरकारकी प्रधानमन्त्री शुशिला कार्कीका छोरामार्फत् प्रयोग गरेर यो मुद्दामा तत्कालीन मन्त्रीहरुलाई भुङ्ग्रोमा पारेका छन् । जबकी चाइनाको लगानीको अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणमा एक्जीम बैठकमा पत्राचार गर्न कांग्रेसका तत्कालीन अर्थमन्त्रीलाई तयार पारियो । जो आफै वैदेशिक ऋणका विज्ञ थिए डा. रामशरण महत । भट्टलाई विमानस्थल निर्माणको प्रत्येक परियोजनाको प्रमुख डन प्रदिप अधिकारीसँग सम्बन्ध बढाउनुथियो । यसमा १३ अर्बमाथिको खेल थियो तर अख्तियारले ८ अर्ब ३७ करोड भनेको छ ।
यो काण्डमा विभागीय मन्त्रीहरुले दोष पाएका छन् । काम गर्ने तत्कालीन महानिर्देशक र सचिवहरु हुन् । त्यतिबेला ठेकेदार कम्पनी सिएएमसी खडा गर्ने दीपक भट्ट र प्रदीप अधिकारी थिए । जब परमार्श दाता छनौट गरियो त्यहाँ लागत बढाइयो । त्यो भुङ्ग्रोमा भीम आचार्य सहभागी भए । इपिसी मोडल अन्तर्गत ऋण भनियो । त्यसको सत्यता थाहा नहुँदै स्वीकृत गर्दा पूर्वमन्त्रीहरु कारबाहीमा परे । आज पनि प्रधानमन्त्रीकै मान्छे सक्रिय छन् । आज प्रधानमन्त्रीको सचिवालयमा प्रभाव पार्ने माफिया दीपक भट्टजस्तै हिजो प्रदीप अधिकारी सफल भएका थिए ।
उनले स्व. रविन्द्र अधिकारीलाई दाजुको नाता लगाएर उनी पर्यटनमन्त्री बन्दा प्राधिकरणका प्रोजेक्टहरुमा हालीमुहाली गरेका थिए । पोखरा विमानस्थलमा नियमित उडान नहुनुको कारण मापदण्ड अनुसार निर्माण नहुनु हो । अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटकीय नगरी पोखरामा पर्यटकहरुको ओइरो लाग्छ, लुम्बिनीमा गौतम बुद्धका कारण विश्वका बौद्धधर्माबलम्बीहरुको ताँती लाग्छ भन्नेअनुमान गरिएको थियो । आज लुम्बिनीमा विमान आउजाउ गर्न छिमेकी मुलुक भारतले दिएको छैन । आफ्नो देशका तीर्थस्थलहरुको महत्व घट्ने हुनाले भारतले नेपाललाई उडाउन स्वीकृति नदिएको हो । नेपालको राष्ट्रवादी कांग्रसीहरुले भारतीय शासक पक्षसँग ठोक्किएर उडान स्वीकृति सहज बनाउन जोड दिएका छैनन् ।
नेताको चरित्र बुझेर अगाडि बढ्ने प्रदीप अधिकारीको टोलीले नागरिक उड्डयन प्राधिकरणमा मच्चाएको भ्रष्टाचारको सत्य तथ्य खोज्ने, लगानी पारदर्शी बनाउने गरेको भए विमानस्थलमा भएको खर्चमा पछुतो हुने थिएन । हेलीप्याडको १४ करोड ५७ लाख पनि स्वाहा भयो । जुनसुकै पार्टीका पर्यटनमन्त्री हुने नेताले भएका विमानस्थल सञ्चालन गर्नुभन्दा नयाँ निर्माण गर्ने घोषणा गरी कमाउधन्दा चलाएकै कारण नागरिक उड्डयन प्राधिकरणमा भ्रष्टाचार बढेको हो ।
प्रदीप अधिकारी जस्ता भ्रष्टाचारीले सुरक्षित महसुस गर्नु प्रधानमन्त्री र मन्त्रीलाई पैसाले खरिद गर्नु हो । अख्तियारमा पनि उनको लगानी ठूलो छ । आज यो मुद्दाको दबाब राजनीतिमा भन्दा प्रशासन तहमा बढी छ । ऋण लगानी गर्ने कुरामा शंका प्रकट गर्ने दाताहरु धेरै भएपछि मात्र भित्री कुरा बाहिर आएको हो ।

