२०८४ मा हुने भनी तोकिएको आम चुनाव २०८२ मा नै हुन गईरहेकोछ । यो मध्यावधि चुनाव पुराना दलहरुको असक्षमताको कारणले तोकिएको समय भन्दा अगावै हुन गईरहेको छ । पुराना दलहरुको अपराधिक पृष्ठभूमि स्थापना काल देखि नै थियो । सत्ता पाएपछि पुराना दलहरु भ्रष्टाचारमा लिप्त भएर लागेको हुँदा अपराधीको साथसाथ भ्रष्टाचारी पनि कहलिएकाछन । मध्यावधि चुनाव गराउनु पर्ने कारण भनेको पुरानो दलहरुको असफलता नै हो । पुराना दलहरुलाई के लागेको छ भने मध्यावधि चुनाव उहाँहरुले सहजै जित्न सक्नेछन । नयाँ दलहरुलाई पुराना दलहरुले चुनौतीको रुपमा लिएका छैनन् । असफल भईसकेको पुराना दलहरुले नै आम चुनाव जित्ने हो भने यो चुनावमा सरकारले गरेको लगानी औचित्यहिन हुनेछन । जेन जेड नेपालको राजनीतिमा अकास्मत प्रकट्ट भएपछि पुराना राजनीतिक दलहरुको जग नै हल्लिन पुग्यो ।
एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओलीले जेन जेडको शान्तिपूर्ण आन्दोलनमा गर्नु गराउनु भएको मूर्खतापूर्ण अपराधिक हष्तक्षेपले गर्दा पुरानो दलहरुको बिरासत भत्कियो । ओली(देउवा सरकार अचानक ढलेपछि त्यसको ठाउँमा जेन जेडको सरकार वर्तमान प्रधानमंत्री सुशीला कार्कीको नेतृत्वमा बन्यो । जेन जेन कुनै दल थिएन त्यसैले यसको नेतृत्व र नीति बारे यसै हो भनी कसैले भन्न सक्ने अवस्था थिएन । जेन जेड सरकार कै सिफारिसमा चालु संसदलाई राष्ट्रपतिबाट बिघटन गरी मध्यावधि चुनाव घोषणा भएको थियो । सुरुमा पुराना दलहरु अचानक नेपालको राजनीतिमा आएको भुचालले गर्दा घोर अलमलमा परेका थिए । तत्पस्चात प्रचण्ड जस्ता पुरानो दल मद्धेका चतुर नेताले जेन जेड आन्दोलनको मूलमर्मलाई आत्मसात गर्दै माओवादी पार्टीको रुपान्तरण र पुस्तान्तरण गर्ने कार्य थाल्नु भयो । तर एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओली जस्ता अहंकारी, लालची र अज्ञानी नेताले भने जेन जेड सरकारलाई हाहु र फाफुको सरकार भएको र कुनै पनि बेला सजिलै सित ढालीदिने चुनौती दिनु भयो । उहाँले आफ्नै पार्टी भित्र पनि नेतृत्व परिवर्तनको चहाना राखेका एमाले नेताहरुलाई पार्टी नियमित अधिवेशनबाट नै सबैलाई पाखा लगाउने काम गर्नु भयो । आफैलाई लोकतंत्र, संघियता र गणतंत्रको संरक्षक भन्ने एमाले शीर्ष नेता निवार्तमान प्रधानमंत्री ओलीले एमाले पार्टी भित्र लोकतंत्रको घाँटी नै निमोट्ने काम गरी देखाउनु भयो । यस्तो एमाले शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओलीको रुप देखि सकेपछि संसार नै चकित भएको छ ।हाललाई उहाँले आफ्नो दल एमाले भित्र टालटुल पार्न सफल भएपनि भित्रभित्र गहिरो रुपमा चर्कीसकेको हुँदा निकट भविष्यमा नै त्यसको कुप्रभाव प्रष्टसित देखिन थाल्ने छन । अहिले एमाले पार्टीले मध्यावधि चुनावको लागि साँसदको टिकट बाँड्ने क्रममा पार्टी भित्रका विपक्षलाई टिकट नदिएको हुँदा निकट भविष्यमा नै पर्टीको आन्तरिक संघर्ष सतहमा निस्किने पक्कापक्की भएको देखिन्छ । उता नेपाली काँग्रेस पार्टीमा पनि रुपान्तरण र पुस्तान्तरण चाहाना भएका र यथा स्थितिमा भ्रष्टचार, अपराध र देशमा लुटलाट गरी बस्न चाहानेहरुका बिच ठुलो संघर्ष चर्किदा युवा नेतृत्व भएको युवाहरुको समूहले बृद्धाहरुको कुशासन गरी बस्न रुचाउनेहरुको समूहलाई पाखा लगाएका छन । यसरी पुराना दलहरु भित्र पनि जेन जेडको राम्रो प्रभाव देखिन थालेकोछ । सारंसमा भन्नु पर्दा पुराना दलहरु भित्र निकै उथलपुथल सुरु भईसकेको छ जसले गर्दा परानो दलहरु भित्रका युवानेतृत्व वर्गलाई जेन जेडको प्रभावले गर्दा अचल स्वभावका तानाशाही प्रवृत्ति भएका बृद्ध बेतृत्व वर्गलाई ठाउँकाठाउँ ठिक पार्न सहज भएकोछ ।
अहिले हुन लागेको आम चुनावबाट पनि पुरानै दलहरुले चुनाव जितेर सरकार बनाउन सफल भयो भने मध्यावधि चुनाव महत्वहिन हुन्छ । मध्यावधि चुनावको लक्ष राजनीतिक नेतृत्व बदल्नु पनि भएको हुँदा पुरानो दलहरुलाई नयाँ दलहरुले एकजुट भएर चुनावमा परास्त गर्नै पर्ने हुन्छ । त्यसको लागि अहिले नयाँ दलहरुले पनि तयारी थालीसकेका छन । भित्री रुपमा जेन जेडको महत्वपूर्ण नेता मानिएको कामनपाका मेयर बालेन शाहले मेयर पदबाट राजिनाम गरी राष्ट्रिय स्वतंत्र पार्टीमा समाहित भएकाछन । जेन जेडको मुख्य धारलाई पनि राष्ट्रिय स्वतंत्र पार्टीको चुनाव चिन्ह र झण्डामा संगठित गराएकाछन । यसरी रबि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतंत्र पार्टी पुराना भ्रष्ट दलहरुको लागि ठुलो चुनौती बनीरहेकोछ ।पुराना दलहरु भित्र उथलपुथल हुनु स्वभाविक नै छ किनकि त्यहाँ नयाँ पुस्तालाई दास र लास बनाएर पुराना पुस्ताका नेताहरुले कज्याएर राखेकाछन । नयाँ पुस्तालाई नेतृत्व हष्तान्तरण गर्ने कुनै ठोश निश्चित नीति र कार्ययोजना पुराना पार्टीहरुका बृद्ध नेतृत्वले बनाएको छैनन् ।
पशुपति आर्यघाट पुग्दा सम्म नै पार्टीको नेतृत्व गरी बस्ने दृढता एमाले दलका शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओलीले देखाईसकेकाछन । पुराना दलहरुका ओली र देउवा जस्ता शीर्ष नेताहरुले दल भित्रको रुपान्तरण र नयाँ पुस्ताको नेतृत्व क्षमता बृद्धि गरी नेतृत्व हष्तान्तरण गर्न गराउन रोकीराखेकाछन । जेन जेडको आन्दोलनबाट कुनै सिक उक्त पुराना दलका शीर्ष नेताहरुले लिएको वा पाएको जस्तो झनक देखिदैन । श्रावणमा आँखा फुटेको गोरुले संधै भरि हरियो देख्छ भन्ने जनआहान अनुसार नै पुराना दलका शीर्ष नेताहरु चलीराखेका महसुस हुन्छ । पार्टीलाई बनाउन पनि नदिने र पार्टीको नेतृत्व बदलेर नीति बदल्न पनि नदिने भएपछि नेपाली काँग्रेस भित्र ठुलो पहिरो नै गयो । उक्त दलका महामंत्री द्वय गगन र विश्वले बिद्रोह गरी कानुनी मार्गबाटै नेपाली काँग्रेसको नेतृत्व बदल्न सफल भएकाछन । यसो नगरी आम चुनावमा जाँदा भ्रष्टाचार र अपराधमा चुर्लुम्मै डुबेको पुरानो दलहरुलाई नेपाली जनताले पत्याउन सक्ने अवस्था थिएन । त्यसो भएको हुँदा माओवादी शीर्ष नेता प्रचण्डले जस्तै नेकाका महामंत्री द्वयले पनि नेपाली काँग्रेसलाई रुपान्तरण र पुस्तान्तरण गर्ने आभियानलाई पुराना नेताहरुले बिरोध गर्दागर्दै पनि आगाडि बढाएकाछन । यसरी नेकाका पुराना भ्रष्ट र अपराधी नेताहरु नेतृत्वबाट अलग भएकाछन भने नयाँ युवा नेताहरुले अवसर पाउने वा दिने नीतिको लागि ढोका खुलेकोछ ।
नेपाली जनताले ३६ बर्ष सम्म पुराना दलहरुको सत्ता शासन हेरी भोगी सकेका छन । अब उप्रान्त उक्त पुराना दलहरुको काम कार्यबाही हेर्नु पर्ने वा बुझ्नको लागि अवसर दिनु पर्ने जस्तो सन्दर्भ नेपालमा रहेको छैन । पुराना दलहरुले राम्रो काम गर्न नसकेको हुँनाले नै जेन जेड आन्दोलन भएको हो र पुराना पुस्तालाई हटाएर नयाँ पुस्तालाई नेपाल राष्ट्रको नेतृत्व गर्ने अवसर दिनु पर्छ भन्ने कुरा नेपाली जनताले राम्रै सित बुझीसकेका छन । त्यो भएको हुँदा नयाँ पुस्ताले आम चुनाव जस्तो वैधानिक बाटो अपनाएर नै पुरानो पुस्तालाई सत्ताबाट फाल्ने अठोट गरेकाछन । सोअठोट पुरा गर्नको लागि रबि लामिछाने र बालेन शाह राष्ट्रिय स्वतंत्र पार्टीको झण्डा र चुनाव चिन्ह मुनी एकढिक्का भएर नेपाली जनताको परिवर्तन ल्याउने चाहानालाई पुरा गर्न कम्मर कसेर लागीसकेका छन । पुराना दलहरुको गगन र विश्व जस्ता युवा पुस्ताको प्रयासले पनि उक्त दलहरुको साख बचाव गर्न नसकिने प्रकारको चुनावी जनलहर अहिले राष्ट्रिय स्वतंत्र पार्टीको पक्षमा उर्लिएको देखिन्छ ।
उज्यालो नेपालका शीर्ष नेता कुलमान र श्रम साँस्कृति पार्टीका शीर्ष नेता हर्क साम्पाङ जस्ता नयाँ पुस्ताको नेताहरुले अलग अलग नै भएपनि जेन जेडको परिवर्तन गर्ने चाहानालाई बढवा दिईरहेकाछन । उहाँहरुले जेन जेड आन्दोलनको लक्ष र उद्देश्य पुरा गर्न कै लागि आआफ्नो सार्वजनिक सरकारी पदहरुबाट भटाभट राजिनाम गर्दै आम चुनावको तयारीमा होमिने कदम बढाएकछन । पुराना दलहरु मद्धे एमाले दलका शीर्ष नेता निवर्तमान प्रधानमंत्री ओलीले लिंडे अकड देखाउँदै एमाले दलको रुपान्तरण र पुस्तान्तरणलाई पाहाड बनेर छेकेकाछन । तर त्यसरी अब धेरै दिन रोक्न सक्ला जस्तो भने देखिएको छैन । उक्त पुरानो पार्टी भित्रको दुई चिरा माथि देखि तल सम्म छर्लङ्ग नै देखिएकाछन ।
अहंकारी, लालची र अज्ञानी शीर्ष होइन बृद्ध नेता ओलीले एमाले भित्र आफैले फिट गरेको टाईम बम कुनै बेला पनि बिस्फोट हुन सक्ने र आफै पनि स्वाहा भईजाने कुराको महसुस गर्न सकीरहेको छैन । अझपनि पुरानै सैलीमा पार्टी कर्ताहरुलाई कज्याएर लास र दास बनाएर राख्ने उहाँको आदतले उहाँलाई नै सिकार बनाउने प्रष्ट नै छन । पुरानो दलहरुलाई चुनावमा हराउनु नै पर्ने चुनौती अहिले नयाँ दलहरु माथि आईपरेकाछन । त्यसकारण नयाँ दलहरुलाई एक अर्काको भोट काट्ने गरी चुनाव लड्ने वा लडाउने छुट कतै छैन । त्यसो भएमा वा गरेमा नयाँ दलहरुले आफ्नै खुट्टामा बञ्चरोले हानेको जस्तो अभ्यास मानिनेछन । नयाँ दलहरुले पुरानो दलहरुको भोट काट्ने गरी आफ्नो उम्मेदवारहरु उठाउनु पर्न हुन्छ । यस्तो चुनावी हालतको निर्माण गर्न सकिएमा नेपाली जनताको भावना र चाहाना अनुसार नै पुराना दलहरुलाई सहजै हराएर नेपाल राष्ट्रको अस्तित्व जोगाउन सक्ने गरी चुनावको परिणाम नयाँ दलहरुको पक्षमा निकाल्न सकिन्छ ।

