यस्तो छ देश चलाउने दलहरुको एजेन्डा

राजनीति समाचार

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देश आगजनी र तोडफोडको मैदान बनेको थियो । त्योसँगै राजनीतिक दलहरुका शीर्ष नेताहरुको घरसमेत आगजनी गरेर तहसनहस बनाइएको थियो । नेताहरु पनि सुरक्षाकर्मीको सरण लिन पुगेका थिए । त्यसपछि राजनीतिक दलहरु गुमनाम जस्तै भएर बसेका थिए । तर, नेकपा एमालेका नेता महेश्व बस्नेतले आगजनी र तोडफोडविरुद्ध सबैभन्दा पहिला आवाज उठाएका थिए ।

बस्नेतले आवाज उठाएपछि नेपाली कांग्रेसलगायत अन्य दलहरुले मुन्टो उठाउन थालेका थिए । एमालेले त आफ्नो पार्टीको ११ औं महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयनसमेत गर्न भ्याएको थियो । त्यसको बलमा नेपाली कांग्रेसले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरी निर्वाचनमा होमिएको छ । एमाले र कांग्रेस निर्वाचनमा होमिएपछि अन्य दलहरु पनि निर्वाचनमा होमिएका छन् । यो निर्वाचनमा देश जलाउने र देश बचाउनेबीच प्रतिस्पर्धा हुँदैछ । देश बचाउने पुराना दलको चुनावी नारा यस्तो रहेको छ । राष्ट्रिय स्वाधिनताको रक्षा गरी लोकतन्त्र सुदृढ गर्ने, विदेशी हस्तालाई बन्द गर्ने, जनताको खोसिएको अधिकार स्थापित गर्ने, खस्केको मनोबल उकास्ने, देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्तिसुरक्षाको अनुभूति गराउने, भ्रष्टाचार र कुशासनको अन्त्य गरी मुलुकमा सुरु भई हाल रोकिएका र अधुरारहेका विकास निर्माणका कामहरू पूरा गर्ने र देशमा रोजगारीको अभिवृद्धि गरी युवालाई स्वरोजगार बनाउने ।

त्यसैगरी नवयुवालाई प्राविधिक शिक्षाको अवसर दिलाउने र सीपमूलक तालीमको विकास गर्दै स्वरोजगार अभिवृद्धि गर्ने, सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने । कृषिक्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउने, उद्योगधन्दाको विकास गरी रोजगारी र उत्पादन वृद्धि गर्ने, निर्माणधीन पूर्व–पश्चिम एसियन हाइवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडक निर्माण सम्पन्न गर्ने र रेल सञ्चालनको लागि रोकिएको काम पुरा गर्ने, नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्ने, किसानलाई प्रोत्साहन गरी कृषिउपज बढाएर बजारीकरण गर्ने, जनतालाई दिईँदै आएको स्वास्थ्य बीमा सेवा घटाइएकोमा पुनः बढाउने र अव्यवस्थित गर्ने, सबै सामुदायिक क्याम्पसहरूलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने, सामुदायिक र संस्थागत विद्यालयलाई विद्यार्थीमैत्री बनाइ गुणस्तरीय शिक्षा प्रदान गर्ने, विषयगत शिक्षक दरबन्दीको व्यवस्था गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने, प्रादेशिक आयुर्वेद अस्पतालमा दरबन्दी थप गर्नेलगायतका एजेन्डाहरु छन् । तर, नयाँ भनाउँदा दलहरुको भने खासै स्पष्ट एजेन्डाहरु आएको छैन । उनीहरुले भोट माग्ने एजेन्डा नयाँ भन्ने छ । देश चलाउने भिजन, एजेन्डा र उम्मेदवारको पृष्ठभूमिभन्दा चुनाव चिन्ह मात्रै उनीहरुको प्राथमिकतामा पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *