यस्तो थियो सुरक्षा निकायको मत परिक्षणको आँकलन

राजनीति समाचार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेताहरूले भनिरहेका छन्– अब त्रिपल डिजिट मात्र होइन बहुमत ल्याउँछौं । उसो त रास्वपाले बालनेलाई भावी प्रधानमन्त्रीको रुपमा मैदानमा उतारेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पु¥याउन कम्तीमा १३८ सिट जुटाउनु पर्छ । के रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी एकै पटक १३८ सिट कटाउँला ? यस्का लागि विगतका निर्वाचनतिर फर्काै,जस्तो ६४ सालमा अहिले घण्टीको झैं माओवादी पार्टीको ह्विम थियो । ६०१ सदस्यीय संविधानसभामा माओवादीले प्रत्यक्षतर्फ १२० सिट र समानुपातिकतर्फ ३१ लाख ४४ हजार मत (१०९ सिट) सहित २२९ सिटसहित माओवादी पहिलो दल बन्न सफल भएको थियो । अहिले ठ्याक्कै उस्तै ह्विम छ रास्वपाको ।

यस्तो स्थितिमा मौन अवधि शुरु हुनु अघि सुरक्षा संयन्त्रले तयार पारेको एक गोप्य रिर्पोट हाम्रो हात लागेको छ । उक्त सर्वेक्षणमा प्रत्यक्षतर्फ काँग्रेसले सबैभन्दा धेरै सिट जित्ने आँकलन गरिएको छ भने रास्वपा दोश्रो हुने आँकलन गरिएको छ । यसरी आँकलन गर्नुको कारण एक त काँग्रेसले देशैभर (१६५ निर्वाचन क्षेत्र) मा आफ्नो उमेद्धार खडा गरेको छ भने अहिले काँग्रेसको नेतृत्व समेत परिवर्तन भएको छ । सुरक्षा संयन्त्रले तयार पारेको रिर्पोटका आधारमा काँग्रेसले प्रत्यक्षतर्फ ४१ सिट जित्ने,सात सिट तलमाथि हुने अवस्था रहेको विश्लेषण गरिएको छ । कांग्रेसले समानुपातिकमा कम्तिमा २५ लाख कटाउने उल्लेख गरिएको छ । अघिल्लो निर्वाचनमा माओवादीसँग चुनावी तालमेल गरेको काँग्रेसले ५५ सिट माओवादीका लागि छोड्दा समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत कटाएको थियो ।

यस्तै रास्वपाले देशभरका ३५ निर्वाचन क्षेत्रमा अगाडि रहेको र तीन सिट तलमाथि हुनसक्ने आँकलन गरिएको छ । रास्वपाले समानुपातिकतर्फ ६० लाख मत कटाउने विश्लेषण गरिएको छ । जबकी गत निर्वाचनमा सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत पाएको प्राप्त गरेको थियो ।

जेनजी विद्रोहको सबैभन्दा धेरै मार र क्षति नेकपा एमालेले बेर्होने सुरक्षा संयन्त्रले तयार पारेको रिर्पोटमा उल्लेख छ । उक्त रिपोर्ट अनुसार एमालेले प्रत्यक्षमा ३४ सिट कटाउने र समानुपातिकमा २० लाख क्रस नहुने उक्त रिर्पोटमा उल्लेख गरिएको छ । ७९ को निर्वाानमा नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जित्दा समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मत पाएको थियो । यस्तै सबैभन्दा ठूलो पार्टी हुने दावी गरिरहेका प्रचण्डको पार्टी चौथौ हुने आँकलन सो रिर्पोटमा उल्लेख छ ।

देशैभरका १६५ निर्वाचन क्षेत्रमध्ये २३ सिटमा नेकपा अगाडि छ भने ३ सिट तलमाथि हुन सक्ने सुरक्षा निकायहरुले गरेको सर्वेक्षण रिपोर्टमा उल्लेख छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, आम जनता पार्टी लगायतले केही ठाउँमा प्रमुख दललाई चुनौती दिएको सुरक्षा निकायहरुले गरेको सर्वेक्षण रिपोर्टमा उल्लेख छ । सो रिर्पोटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७–१० सिट जित्ने, श्रम संस्कृति, उज्यालो नेपाल, जसपा, जनमत, आजपा र स्वतन्त्र उम्मेदवारगरी २० सिट जित्ने देखिन्छ भने ४ सिट तलमाथि हुने सुरक्षा संयन्त्रले तयार पारेको रिर्पोटमा उल्लेख छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *