काठमाडौ । जनताले पत्याएर खाइपाइ आएको पदवाट राजीनामा दिएरसंघिय संसदमा महत्वकांंक्षा देखाएका धेरै उम्मेदवार पत्तासाफ भएका छन् । त्यसमा नेकपाकी रेणु दाहाल, श्रमसंस्कृति पाटोका हर्क सामपाङले गल्ती गर्दास्थानीय तहमा तीनले कमाएका प्रतिष्ठा गुमाएका छन् । यस पटक जेनजी आन्दोलन दमन गर्ने एमालेका अध्यक्ष केपी ओली रउनका आसेपासेलाईकार्यकर्ताले समेत दण्डीत गरेका छन् । पार्टीमा दादागिरी देखाएर फरकमत र फरक विचारमाथि जसरीसिस्नो पानी लगाउने काम भयो त्यसको परिणाम ओली आफैले भोगेका छन् ।
ओलीले योगेश भट्टराई र सुरेन्द्र पाण्डेहरुलाई चुनावपछि कारवाही गर्ने योजना बनाउँदै थिए। एमालेबाट पनि स्थानीय तहको पद त्यागेर निर्वाचनमा उम्मेदवार भएकाहरु छन् । राजनीतिक रुपमा हैसियत बचाउन नसकानेताहरु धेरै भए। केपी ओली, शंकर पोखरेल, विष्णु पौडेल, प्रदिप ज्ञवाली ईश्वर पोखरेलहरु एमालेमा पहिलो कोटीका पर्दछन् । नेकपाका नारायणकाजीश्रेष्ठ, गिरीराजमणि पोखरेल, माधव नेपाल, राजेन्द्र पाण्डेहरु पनित्यही कोटीमा पर्छन् । कांग्रेसको एक्लो पहुँचवाट चुनाव जितेका विजय गच्छदार सकिए। २०७९ मा माओवादीको साथ लिएर चुनावजिलेका डा. शेखर कोइराला र डा. सुनिल कुमार शर्मा थन्किए भने डा. मिनेन्द्र रिजाल र विमलेन्द्र निधिले २०७९ मा उम्मेदवारी दिएका थिएनन् । अझै पनि दलहरूमा चेतना आएको छैन ।
सधैं पद र कुर्सीमा रमाउन पर्ने केपी ओलीको घमन्डले मुलुकको राजनीतिक परिचयबनेको छ। पाए र मिलेसम्म सधै आफै राजनीति गर्ने प्रवृत्तिका नेताहरुलाई आफू नभए छोराछोरी, मामा भान्जा, भान्जीलाई मौका दिलाउने संस्कृतिले राजनीतिमा झन् बिकृति ल्याएको छ । राजनीतिक नियुक्ति, कुटनीतिक नियोग र संवैधानिक अांयोगसमेत आफ्ना आसेपासेहरुलाई मौका दिएर मस्ती गर्न पल्केकाहरु यो चुनावबाट पाखा लागेका छन् । माओवादीलाई गालीगलौज गर्दै कान्तिकारी बनेकाहरु चुनाव जित्नको लागि कतै कांग्रेसको साथ त कर्त एमालेको साथ लिन लम्पसार परेका जनार्दन शर्मा, खड्ग विक र प्रभु साह सदाका लागि राजनीतिबाट ओझलमा परेका छन् ।
नेकपा मसाललाई समेत अब संसद देख्न पाउने अवसर नमिल्न सक्छ । किन कि एक सिट प्रतक्षतर्फ जितेको थ्रेसहोल्ड कटाएको दलले मात्र समानुपातिक सिटमा स्थान पाउँछ । यसपटक प्रलोपाबाहेक अरु दलले घोषित रुपमा नेकपा एमालेसँग गठबन्धन गरेका थिएनन् । जेनजी आन्दोलनको जसमा आफूलाई डुबाएका जनार्दन शर्मा, नेत्रविक्रम चन्दको आरक्षण स्थल नेकपा माले बनाए हुन्छ । आमजनता पार्टीको नाउमा रौतहट ४ मा उम्मेदवार बेनका प्रभु साहको पछि लाग्दा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलासमेत कन्तबिजोग भएको छ ।
जेनजी आन्दोलनको आगोले पोलेका एमाले र कांग्रेसलाई जस्तै नेकपालाई मधेस र बागमती प्रदेशमा अपेक्षा गरेअनुसारको उपलब्धी हात लागेन । लुम्बिनी, कर्णाली र सुदुपश्चिम नेकपाको उपास्थिति तुलनात्मक रुपमा कांग्रेस, एमाले सरह देखिन्छन् । कर्णालीमा नेकपा एमाले कमजोर छ तर पनि केन्द्रीय सत्ताको धङ्गधङ्गीले सखाप भएको छ ।

