बालेन–रवि सरकारले निर्मला र इनिशाको हत्यारा पत्ता लगाउँला ?

राजनीति समाचार

काठमाडौं । गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई बहुमत पाएको छ । बुहमत प्राप्त गरेसँगै रास्वपाले एकल सरकार ठगन गर्ने तयारी गरिहेको छ । रास्वपाले चुनावमा जाँदा देशमा भइरहेको भ्रष्टाचार, विकृति, विसंगति र दण्डहिनताको अन्त्य गरी मुलुकमा शून्य भ्रष्टाचार र सुशासन कायम गर्ने वाचापत्र सार्वजनिक गरेको थियो । रास्वपाको वाचापत्र अनुसार जनताले पनि उसलाई दुई तिहाई बहुमतको उपहार दिएका छन् । तर, रास्वपाले सरकार बनाएपछि वाचापत्र अनुसारका विषयलाई प्राथमिकता दिएर अगाडि बढ्छ कि पुराना दलहरुले जस्तै काम गर्छ त्यो प्रतिक्षाको विषय बनेको छ ।

यतिबेला राजनीतिक दलहरु कोही चुनाव जितेको खुसियाली मनाउँदै सरकार बनाउने तरखरमा जुटिरहेका छन् भने कोही चुनावमा हार खेपेको रनाहामा चुनावी समीक्षा गरेर पार्टीभित्र एकले अर्कोलाई दोष लगाउने काम गरिहेका छन् । राजनीतिक दलहरुले चुनाव अगाडि जतिसुकै भ्रष्टाचारको अन्त्य र सुशासनको नारा लगाए तापनि नेपाली समाजमा पहिलादेखि हुँदै आएको भ्रष्टाचार, अन्याय, अत्यचार र बलात्कार जस्ता घटनाहरु हुने क्रम बढिरहेका छन् । गत फागुन २३ गते सुर्खेतस्थित वीरेन्द्रनगर–१, निवासी १६ वर्षीय इनिशा विक वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा नग्न अवस्था मृत फेला परेकी थिइन् । उक्त घटनामा संलग्नको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । घटनाबारे सीआईवीले अनुसन्धान गरिरहेको भनिए तापनि अहिलेसम्म त्यसको एकिन विवरण सार्वजनिक गर्न सकेको छैन । दुई तिहाई बहमुतको सरकार बन्दै गर्दा भएको जघन्य पराधको छानविन नयाँ सरकारले कसरी अगाडि बढाउँछ त्यो हेर्न बाँकी छ ।

उता, २०७५ सालमा कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो । पन्त साथीको घरमा पढ्न जान्छु भन्दै घरबाट निस्यिकएकी थिइन् । त्यसको भोलिपल्ट उनी भीमदत्त नगरपालिकास्थित निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त–१८ का १५ वर्षीय एक युवकले ज्यान गुमाएका थिए । त्यसको लागि छानविन समिति पनि गठन गरिएको थियो ।

सो छानविन समितिले आफ्नो काम जनतालाई देखाउनको लागि बोल्न नजान्न एकजनालाई दोषी देखाएको थियो । त्यसमा सत्याता नभएपछि उसलाई छाडिएको थियो भने पीडितले अहिलेसम्म न्याय पाएको छैन । ती १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको ८ वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लागेको छैन । ८ वर्षको अवधिमा देशमा कैयौं गृहमन्त्री र प्रहरी महानिरीक्षक फेरिए । तर, घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न सकेका छैनन् । निर्मलाको हत्या भएदेखि अहिलेसम्म (रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, फेरि रवि लामिछाने रमेश लेखक र ओमप्रकाश अर्याल गर ६ जनामा ७ पटक गृहमन्त्री फेरिए । ती सबै गृहमन्त्री र प्रहरी प्रमुखले निर्मला पन्तको हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्ने तागत राखेनन् ।

अझ रवि लामिछानेले त दुई पटक गृहमन्त्री हुँदा पनि पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न सकेका थिएनन् । अहिले उनै रवि नेतृत्वको रास्वपाले दुई तिहाई बहुमतसहित विजय हासिल गरेको छ । रास्वपाको एकल बहुमतको सरकार पनि बन्दै छ । तत्कालीन अवस्थामा दुई÷दुई पटक गृहमन्त्री भएका लामिछानेले निर्मला पन्तको हत्यारालाई कारबाही गर्न सकेका थिएनन् । बरु उल्टै आफै दोहोरो नागरिकता, पासपोर्ट र सहकारी ठगी काण्डमा मुछिएर जेल परेका थिए ।

आज उनै रवि नेतृत्वको रास्वपाले दुई तिहाई बहुमत ल्याएको छ । उता, निर्वाचन सकिए लगत्तै सूर्खेतकी १६ वर्षीय किशोरी इनिशा विकको हत्या भएको घटनाले सडकहरु तातिन थालेका छन् । तर, घटना भएको १० दिन नाघिसक्दा पनि सरकारले छानविन गरी दोषी पत्ता लगाउन सकेको छैन । अब रास्वपाको एकल सरकारले निर्मला पन्त र इनिशा विकको हत्यारा पत्ता लगाइ कारबाहीको दायरामा ल्याउँछ कि ल्याउँदैन त्यो हेर्न सर्वसाधारण जनता आतुर छन् । यदि निर्मला पन्तको जस्तै इनिशाको हत्यामा संलग्नलाई कारबाही गर्न नसक्ने हो भने तत्कालीन सरकार र रवि–बालेन सरकारको कुनै फरक हुने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *