रास्वपाभित्र रवि एक्लो वृहस्पति बल्दै

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र यतिबेला सभापति रवि लामिछानेभन्दा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) हावी भएका छन् । रास्वपा बाहिरी रुपमा जति एक ढिक्का जस्तो देखिन्छ त्यतिनै भित्रभित्रै छियाछिया हुन थालेको बताइन्छ । किन कि रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीको काण्डले गाँजिरहेको छ ।

लामिछानेको सहकारी ठगीको केश अझै पनि विचाराधिन अवस्थामा रहेको छ । तत्कालीन प्रधानमन्त्री शुशिला कार्की नेतृत्व सरकारको न्यायाधिवक्ता सविता भण्डारीले लाछिनेको केश झिसमिस बनाउन खोजे तापनि सर्वोच्च र न्यायाधीवक्ताको राय नमिल्दा सो मुद्दा अहिलेसम्म विचाराधिन अवस्थामै रहेको छ । अर्कोतिर सहकारीमा राखिएको स्रोत नलेखेको पैसाको छानविन गर्ने हो भने कुन–कुन तहका कर्मचारी र नेताहरु फस्ने हुन् त्यो निश्चित छैन । हालका मन्त्रीहरु पनि धेरैजसो प्रधानमन्त्री बालेन पक्षकै छन् । त्यसले गर्दा पनि रविले सहकारी काण्डमा छुटकारा पाउने अवस्था कम छ । यता सरकारलाई पनि समस्या परिरहेको छ ।

किन कि सभापतिलाई जेल हाल्दा आफ्नै पार्टीको सरकार भएकाले पार्टी नै बद्नाम हुने । सत्ताको आडमा जेल नहाल्दा अन्य सहकारी र बैक तथा वित्तीय संस्था ठगी गर्नेहरुलाई कारबाही गर्न बाटो नखुल्ने भएकाले सरकारलाई समस्या परिरहेको छ ।

उता सभामुख डीपी अर्यालयको पनि पार्टीभित्र छुट्टै गुट छ । उनी पहिलादेखि सभापति रविकोविरुद्धमा आफू सभापति बन्ने होडवाजी गरिरहेका थिए । अहिले त झन् अर्याल सभामुख नै बनेका छन् । त्यसले गर्दा पनि रविले गौतमलाई भित्रभित्रै असहयोग गरेको तर बालेनको सहयोगमा निर्वाचन जितेको बताइन्छ । त्यसले गर्दा गौतम बालेनको पक्षतिर लागेको बताइन्छ । अहिले रविको तर्फबाट मन्त्री बनेकी प्रतिभा रावल मात्रै हुन् । अहिले गौतम पनि बालेन खेमातिर पुगेको बताइन्छ । बाँकी गृह, अर्थ, भौतिकप, श्रम र कानून मन्त्रीहरु पनि बालेन पक्षकै छन् ।

त्यसले गर्दा रास्वपाभित्र बाहिर ठूलो र मजबुद पार्टी भनिए तापनि भित्री रुपमा खिया लाग्दै गएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालय प्रधानमन्त्री शाह आफैले चलाएका छन् । झन सहकारी ठगी केसमा रवि जेल परे भने रास्वपा बालेनले कब्जा नगर्लान् भन्न सकिँदैन । निष्क्रिय खातामा रहेको व्यक्तिको पैसा राज्य कोषमा खिचेर सो रकमबाट सहकारी पीडितको ऋण तिर्ने योजनासहित सभापति रविले प्रतिभा रावललाईे भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बनाइएको चर्चा चल्न थालेको छ । रावल पहिला रवि गृहन्त्री हुँदा उनको सचिवालयमा बसेकी र ग्यालेक्सी टिभीमासँगै काम गरेकी थिइन् ।

उनै रावललाई रविको जोडबलमा समानुपातिक सांसद बनाएर शक्तिशाली मन्त्रालयको मन्त्री बनाएको छ । अब रावलले संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा गरिवी मन्त्रालयमा कस्तो काम गर्छिन् त्यो प्रतिक्षाको विषय बनेको छ । रास्वपाको चुनावी वाचापत्रमा सय दिनभित्र सहकारीको ऋण तिर्ने घोषणा गरे तापनि यो परिस्थिति हेर्दा सबै सहकारी पीडितहरुले आफ्नो डुबेको रकम फिर्ता पाउने आशा निराशामा परिणत हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *