काठमाडौं । कहिले मासुको पालो, कहिले बुहारीको पालो एउटाले प्रधानमन्त्री कार्यालयमा राख्छ अर्कोले गृहमन्त्रालयमा धकेल्छ ।संगठनको संरचनामाथि राज्य तहका प्रमुखहरुले प्रहार गर्दा अस्पतालको बेडमा सिकिस्त विरामी बनाईएको संस्था हो । राष्ट्रिय अनुसन्धामा एमालेका अध्यक्ष प्रधानमन्त्री बन्दा नेकपाको त्यो शासनमा गुप्चरलाई प्रेधानमन्त्र कार्यलय मातहत लगियो तर त्यसको प्राविधिक युक्त टीमका लागि अनावश्यक जनशक्ति र प्रविधि गुप्चरले पाएन ।
शुशिला कार्की नेतृत्वको सरकारले विभागलाई पुनः गृहमन्त्रालय माताहत ल्यायो । ओली सरकारले गरेका निर्णय उल्ट्याउनु जेनजी समूहको साथ पाएको टीमको काम भयो । विभागका सूचना सरकारी टोली सामु नपुग्दै पार्टीमा पुग्ने अवस्था आयो । ओलीका विश्वास पात्र विष्णु रिमालहरु गुप्तचरहरुका हाकिम भए । विभाग प्रमुखले आफ्नो मन्त्रीसँग कुरा गर्न झोलेझ्याम्टेहरुको चाकडी गर्नुुपर्ने बनाइयो । आज फेरी गुप्तचरलाई पुनः गृहवाट प्रेमकार्यलयसंग जाड्ने हल्ला छ ।
कर्णाली प्रदेशको सूर्खेतका टेकेन्द्र कार्की विभागीय प्रमुख छन् । कार्की भन्दा वरिष्ठ उपनिर्देशक ओम जोशी अक्षम भएकाले प्रमुख बन्न सकेनन् । जोशी देउवा दरबारको भक्त हुँदा सँगठनले स्वरूप फेर्न सक्दैन भनेर कार्की प्रमुख भएका थिए । कांग्रेस नेता स्व खुम बहादुर खड्काका भाइ ओम खंड्का उपनिर्देशक छन् । उनीहरूले प्रधानमन्त्रीलाई सत्य सत्य भन्न नसक्दा गुप्तचर कहिले प्रेमकार्यलय कहिले गृहमा थन्कियो ।
बहुदल आएपछि कांग्रेसले शासन हटाउनुपर्ने अवस्था थियो । तर गुप्तचर प्रमुख, उपप्रमुखदेखि एसपी पदसम्म त्यस्तै नालायकहरूको गुप्तचरमा जागीरे भिड छ । जुन भिड प्राप्त सूचना विभागीय प्रमुखलाई भन्दा आफूलाई जागीर दिलाउनेको भक्तको रूपमा देखिएको छ । गुप्तचरका सूचना पुहँच राख्ने टोली आज छैनन् । जेनजी आन्दोलनका बेला प्राप्त सुचनाको विश्वास नगर्दा १९ जना विद्यार्थीहरु प्रहरी गोलीको निशानामा परेका थिए । तीनको मृत्युप्रति दुःख प्रकट समयमा नगरी जिम्मेवारी नलिने शासक आज चुनावबाट थन्केका बेला गुप्तचरको महत्व प्रधानमन्त्री कार्यलयाले नै सम्झना गर्दैछ । त्यो संस्थाको गरिमा बचाउने र सरकारलाई नीतिगत योगदामनमा सघाउने गरी संस्थागत सुधार नै आजको आवश्यकता हो ।

