काठमाडौं । रास्वपाको दुईतिहाई बहुमतको सरकार बनेको दुई साता बितिसकेको छ । तर, जनतामा शान्तिसुरक्षा र सुशासनको अनुभूति दिलाउन सकेको छैन । बालेन नेतृत्वको रास्वपा सरकार बन्नासाथ शेयर मार्केट डामाडोल भएको छ । नयाँ सरकार बनेदेखि सेयरको मूल्य निरन्तर ओरालो लागेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् । निजी क्षेत्र उत्साहित हुनुपर्नेमा उल्टै व्यापारीहरुलाई विचौलियाको आरोपमा धरपकड गरेर तर्साउने काम भएको छ ।
निजी क्षेत्रका लगानीकर्ताहरु त्रसित बनिरहेका छन् । राजनीतिक दलका नेताहरुलाई जथाभावी आरोपप्रत्यारोप लगाएर पक्राउ गर्ने काम भएको छ । सरकारको काम गराइले गर्दा बैंक वित्तीय संस्थादेखि विभिन्न पेशा व्यावसाय गर्नेहरु विस्वस्त बन्न सकेका छैनन् । जेनजी आन्दोलले थिलथिलो भएका उद्योगी, व्यापारीहरु झन् सरकारको रवैयाले त्रसित बन्न पुगेका छन् ।
उता निजी क्षेत्रबाट सञ्चालित स्वरोजगारमूलक पत्रकात्रिकाले पाउँदै आएको सरकारी सूचनामाथि अंकुश लगाउने काम भएको छ । त्यसले गर्दा श्रमजीवी स्वरोजगारमूलक पत्रकारहरु आन्दाेिलत भएका छन् । लेखापढी व्यवसायी पनि आन्दोलित भएका छन् । लेखापढी व्यवसायीमाथि प्रहरीले धरपकड गरेपछि नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनले अनिस्तिकालीन आन्दोलन घोषणा गरेको छ । नेपाल लेखापढी कानुन व्यवसायी परिषद् ऐन २०७५ संसोधित एने २०७८ तथा लेखापढीसम्बन्धी नियमावली २०७९ अनुसार कानुनी प्रक्रिया पुरा गरी काम गर्दै आएका व्यवसायीमाथि धरपकड हुँदा उनीहरु आन्दोलित भएका हुन् । त्यसैगरी सरकारले निजामती कर्मचारी संघ संगठन खारेज गर्ने भनेपछि कर्मचारीहरुको पनि मनोबल गिरेको छ । यी र यस्तै कारणले गर्दा सरकारले जनतामाझ आशा देखाउन सकेको छैन ।
अर्कोतिर बजार महंगीले जनताको ढाड सेक्ने काम गरिरहेको छ । व्यापारीहरुले कालोबजारी गरी मनलाग्दी मूल्य बढाइरहेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत प्रधानमन्त्री बालेन साहले सम्हाल्दा बजार अनुगमनले प्राथमिकता पाएको छैन ।
त्यसले गर्दा नयाँ सरकार बनेको १५ दिन नबित्दै सर्वत्र आलोचित हुन पुगेको छ । तत्कालीन सरकारको पालामा वैदेशिक ऋण लिएर जनतामा भार थोपरेको आरोप लगाएर सत्तामा पुगेको रास्वपा नेतृत्वको सरकारले पनि वैदेशिक ऋणकै सहारा लिन थालेपछि संसद्मा विरोध हुन थालेको छ ।
मदाथी दलहरू माची पानी बारावार मी आज एमाले अध्यदा केपी ओली र कांग्रेसी नेता, रमेश लोक माड र३ को

