काठमाडौं । चुनाव हारेका हिजोका शक्तिशाली दलहरुले चुनावी समीक्षा गरेका छैनन् । चुनावमा हार्न नपर्ने हारेका छन् । क्षेत्रमा पनि घुमफिर नगरेका अनुहार एक्कासी चुनाव जित्दा जनता दंग परेका छन् । भरतपुर महानगरको प्रमुख बन्दा माओवादीकी रेणु दाहालले कमाएको क्रेज बाँकी रहेन । दाहाल पराजित हुनुमा उनलाई दोष छैन । माओावदीका बेपत्ता पारिएका नेता दण्डपानी न्यौपानेको नाउमा वन समिति, विद्यालय सञ्चालन समिति, उपभोक्ता हित समिति, खानेपानी समिति जस्ता जनता प्रत्यक्ष जोडिएका ठाउँमा माओवादी कार्यकर्ताले उपद्रो मच्चाउँदा चुनावमा रेणु दाहाल पराजित भएकी हुन् ।
रेणु दाहाल विकासप्रेमी नेताको रुपमा चितवनमा स्थापित भएकी छन् । तर, रास्वपाकी सोभिता गौतमले पराजित गराइदिन् । गौतमले काठमाडौं २ मा दोहो¥याएकी थिइन भने निर्वाचन जित्ने अवस्था थिएन । किन कि उनले क्षेत्र नं. २ का दूर्गम ठाउँवस्तीमा सुत्केर महिलाको मृत्यु भएको गलत प्रचार गरेकीले जनता रिसाएका थिए । यसपटक देशका कुना कन्दरामा रास्वपाको लहर थियो । कर्णाली र पूर्वको आदीवासी समूहको बाहुल्यता भएका पहाडी जिल्लामा रास्वपाको मत आएन ।
चितवनका तीनै क्षेत्रमा संगठन भएर रास्वपाले चुनाव जितेको होइन । कांग्रेस, एमाले भनेका पुराना शक्तिका रक्षक भए । माओवादी त्यही रफ्तारमा भएकोले जनताले रुचाएनन् । मुद्दा त माओवादीले जे उठायो त्यसैमा टेकेर रास्वपा जाग्यो । तर, आज रास्वपामा धनी मन्त्रीहरुको सम्पत्ति सेयरमा लगानी, किलोका किलो सुनको सार्वजनिकीकरणले जगत हँसाएको छ । जसरी रेणु दाहाललाई पिता प्रचण्डको बदनामीले अप्ठ्यारो बनायो त्यहीँ अवस्थाले निरन्तरता पाउँदैन भन्ने विश्वास छ । रास्वपा ओरालो यात्रामा लागेको छ । दुई तिहाईको इज्जत जोगाउन सक्ने अवस्थामा छैन ।

