राप्रपाकै कार्यकर्ताले थापालाई खेदेपछि

राजनीति समाचार

काठमाडौं । स्वार्थको लागि पार्टीको अस्तित्व ध्वस्त पार्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सूर्य चिन्ह सापटी लिएर उम्मेदवार बन्दा राप्रपाकै बिनोद सिंहबाट पराजित भएर नाङ्गै भएका कमल थापा यसपटक कार्यकर्ताको शाब्दिक प्रहारमा पर्दा चुपचाप होटल हिमालयको धार्मिक कार्यक्रम छाडेर मागेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहसँग हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्न पैसा लिएर मेची–काली रथ यात्रा चलाए पनि थापाले पार्टीको प्रतिष्ठा जोगाउन नसक्दा आलोचनाको शिकार भएका थिए । केही उपाय नलागेपछि पछिल्लो समय थापा राप्रपामै फर्किएका थिए तर उनलाई कार्यकर्ताले रुचाएनन् ।

पहिले कमल थापा पशुपति शमशेर र डा. प्रकाशचन्द्र लोहनीबीच एकता हुँदा गीता छोएरको २ वर्ष पुरा नहुँदै एकता महाधिवेशनमा राजेन्द्र लिङ्देलले थापालाई पराजित गरेपछि आफैले पार्टी फुटाएका थिए । आज थापालाई स्वार्थको राजनीति गर्ने पञ्चका रुपमा लिइन्छ । पूर्व राजासँग पैसा लिएर संविधानमा राजसंस्थाको स्पेश राख्ने सर्श राखेका तीनै थपाले संविधान जारी भएपछि केपी ओली नेतृत्वको सरकारमा उप–प्रधान तथा परराष्ट्रमन्त्री बनेर पार्टी र ज्ञानेन्द्र शाहलाई आफ्नो स्वार्थमा प्रयोग गरेको कुरा राजनीतिमा चासो राख्नेलाई थाहा छ । त्यसैले उनी फटाहा पञ्चका रुपमा चिनिन्छन् ।

त्यहीँ कारण थापा प्रमुख अतिथि भएर गएका कुनै कार्यक्रम उनका लागि सफल भएका छैनन् । गत साता होटल हिमालय कुपनडोलमा आयोजित कार्यकर्ता भेलामा थापासँग प्रश्न सोध्ने कार्यकर्ताको माइक काटियो । थापाले प्रश्नकर्तालाई हप्काउन खोज्दा फोटो खिच्नेको घाँटी समात्दा उनका विगतको भण्डाफोर गरियो । कार्यकर्ताले उनलाई अस्वीकार गरेपछि थापा कार्यक्रम छाडेर हिड्न वाध्य भएका थिए । पूर्व पञ्चमा पुराना मण्डले खेदिएझैँ अब कांग्रेसमा देउवा गुट, एमालेमा ओली गुट र माओवादीमा प्रचण्ड गुट खेदिने स्थिति बन्दै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *