काठमाडौं । गुप्तचर अर्थात राष्ट्रिय अनुसन्धान विभाग फकुण्डेको ताउलो बनेको छ । एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्रीले सूचनाको श्रोत आफैमा केन्द्रित गर्दै गुप्तचरलाई गृहबाट प्रधानमन्त्री कार्यालय मातहत लगेर एक सचिवको मातहतमा राख्दा राजनीतिक सल्लाहकार विष्णु रिमाल हावी भएका थिए । जब कि त्यहाँ प्रधानमन्त्री र गुप्तचर प्रमुख दैनिक भेटघाट हुनुपथ्र्यो । सरकारले गुप्तचर प्रहरी र सशस्त्र प्रहरीको सूचनाका आधारमा सुरक्ष रिपोर्ट अनुसार योजना बनाउने हो ।
तर नेपालको गुप्तचर र प्रहरीलाई भुत्ते बनाउने काम तीनले गरे जो जेनजीमाथि गरिएको दमनको कारबाही सिफारिसमा परेका छन् । चुनावी सरकारले गुप्तचरलाई गृह मातहत फर्कायो । त्यसको सञ्चालन नीति त पहिलाकै थियो । यसपटक दुई तिहाईको सरकारका प्रधानमन्त्री बालेन शाहले पनि गुप्तचरलाई आफ्नै मातहतमा ल्याउने काम गरे । सरकारको निर्माणसँगै शास कीय हस्तक्षेपमा गुप्तचरनै कमजोर बन्दैछ । विभाग मातहतका कर्मचारीको बढुवा रोकिएको छ ।
नयाँ सूचना जरुरी हुने तर संस्थालाई ध्वस्त बनाउँदा देशको सुरक्षा सम्वेदनामा सरकार सफल हुँदैन । आज राजस्वमा विचौलियाको रजगज छ, तस्करहरुको हालीमुहाली भएको छ । गुप्तचर प्रमुख टेकेन्द्र कार्की मस्त छन् । प्रमुख नहुनु थियो भइयो । वरिष्ठ ओम जोशी कमजोर हुँदा मौका पाएका कार्की कुनै क्षेत्रको विज्ञ होइनन् । उनी मस्तराम नै हुन् । कार्की गत असोज १९ मा प्रमुख भएर आए । तर संस्थागत सुधार केही भएन । काम गर्ने सूचना लिने तल्लो जमातमाथि अत्याचारै छ । भेदभाव गर्न सत्ता र शक्तिको आड लिने शक्तिका रुपमा गुप्तचरलाई चिनिन्छ ।
कर्णाली प्रदेशको सुर्खेतका कार्कीले कांग्रेसका नेता राम्ररी खेलाएका छन् । तर आज तीनै कार्कीलाई राज्यको उपल्लो तहबाट पेलिने गरेको अवस्था छ । वर्तमान सत्ताको गृहमन्त्रालय पनि प्रधानमन्त्री बालेनकै अधिनमा छ । तर गुप्तचरमाथि तीनै प्रधानमन्त्रीले अत्याचार गरेका छन् । जवकी त्यो संस्थालाई फकुण्डेको ताउलो बनाउनु हुँदैन । फिल्मा खट्नेहरुको तत्काल बढुवा गरेर काम लिने प्रयासमा शासकहरु लाग्नै पर्छ ।

