वामपन्थी बिग्रिँदा जताततै छिटा

राजनीति समाचार

काठमाडौं । विधि, प्रक्रिया विधान र पद्दतीमा पार्टी चलेको भए कांग्रेस, एमाले र माओवादीमा नेतृत्वको चक्कर आउने थिएन । कांग्रेसमा त सभापतिकै निर्णय कानुनका आधार शिला बन्छ । एमालेमा सचिवालयलाई हतियार बनाइन्थ्यो । तर, अध्यक्षमा केपी शर्मा ओली आएपछि त्यस्ता कुरा सबै हध्यक्षकै तजविज बन्न पुगेका छन् ।

माओवादीमा देखावटी रुपमा सचिवालय छ । तर, प्रचण्ड र माधव मिलेपछि अरुले निन्दा गर्दैनन् । कृपाले पाएको पदका भोकाहरुमध्येका जनार्दन शर्माले नेकपा एससँगको एकतापछि प्रचण्डसँग विद्रोह गरेर राजनीति मञ्चमा असफल डा. बाबुरामको पछि लागेर आफै मात्र सकिएनन्, राम कार्की, सुदन किरातीजस्ता नेताको इमेजपनि सकिदिए ।

आज सुदन किराँती श्रमसंस्कृतिको नेता भएका छन् । प्रचण्डसँग विद्रोह गरेका हरिबोल गजुरेलले माओवादी उम्मेदवार हराउन महेश्वर दाहाललाई प्रयोग गरेर रास्वपामा प्रवेश गरेका आफ्नै भतिज आशिष गजुरेललाई सांसद बनाइदिएका छन् । वामपन्थी समयमा एक हुन्थे भने यस्तो वदनामी सहनुपर्ने पनि थिएन । नेतृत्वको दादा गिरीबाट पार्टी छिन्नभिन्न हुने थिएन । जनताले केपी ओली र प्रचण्डको मात्र होइन माधव नेपाल, झलनाथ खानालको असफल शासन पनि थाहा पाएका थिए । कुरा चर्का, काममा मन्दी वामपन्थीहरुको खोइरे योजनाले जनतालाई छोएन ।

सत्ता नपाउँदासम्म जनताको प्रचार गर्ने सत्तामा पुगेपछि प्रचण्ड परिवार प्रीय, केपी ओली गुट प्रीय बन्दाको परिणाम रास्वपाले जनताको मन जित्यो । आज रास्वपाभित्र पनि प्रधानमन्त्री वालेन प्रवृत्ति र रवि प्रवृत्तिबीचको लडाईँ चर्को छ । सरकार छ उसको काम संसद छलेर अध्यादेशको सहारा लिनु रहेको छ । संसद्मा विपक्ष सबै एक हुँदा पनि रास्वपामाथि छुन नसक्ने अवस्था नहुँदा जनजीविका कष्टकर बन्दैछ । हिजो वामपन्थीले सिकाएको भए जनताको एजेण्डा संसदमा मुखरित हुन्थे । वामपन्थीहरु बिग्रिँदा जताततै उदाङ्ग हुनु समयको खेल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *