काठमाडौं । कांग्रेसी राजनीतिमा असफल र विवादित पात्रहरुले बढी सम्मान खोज्दै छन्, जो लगातार सत्ताामा रहँदा जनताको आवश्यकता र महत्वबारे चासो लिएनन् । शेरबहादुर देउवा पक्षमा लागेर सत्तामा पुग्ने, पार्टीको नाउँमा फाइदा लिनेहरुले नै यसपटक क्रियाशील सदस्यता नविकरण नगर्ने भएछन् । पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, आनन्द ढुंगाना, डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, बलबहादुर केसी, रमेश लेखक, किशोर सिंह राठोर, नैनसिंह महर, जीतजंग बस्नेत, मोहन बस्नेत, ज्ञानेन्द्र बहादुर कार्की, डा. प्रकाश शरण महत, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, दिपक खड्का, उमाकान्त चौधरीजस्ता धेरै दिग्गज नेताहरुले पार्टी नेतृत्वसँग सम्मान खोज्ने भएका छन् । यीमध्ये अधिकांश नेताहरु फागुन २१ को चुनावमा जनताबाट अस्वीकृत भएका थिए ।
चाकडी, चाप्लुसी र दलाली पुस्ताबाट कांग्रेसको स्थिति सुधार्न खोजेका बेला जेनजी आन्दोलनले दिएको दबाबले विशेष महाधिवेशन भयो । त्यसले नयाँ नेतृत्व छनोट गर्दा हैकमवाद त्याग्न नचाहनेहरुलाई पचेन । समयमा महाधिवेशन नगर्ने सत्तामा जाने राज्य दोहन गर्ने त्यो पुस्ता विस्वासमा लिने तहमा छ । त्यसकारण क्रियाशील सदस्यता नविकरण गरेनन् । राजनीतिमा सधैं खान्दानी करण र वंशवाद टिक्दैन । कांग्रेसमा वंशवादको खेती गर्नेमा प्रकाश मान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला पर्दछन् । पुराना र खान्दानीहरुको हालत अब सबैमा यस्तै हुन्छ । महाजनहरुले चुनावमा पराजित हुनुको प्रमुख कारण त्यही हो । अबको कांग्रेस प्रकाशमान र विमलेन्द्रले धान्ने अवस्था छैन ।

