काठमाडांै । रास्वपाका सांसदहरूको बोलीले संसदीय मूल्यलाई खिल्ली उडाएको छ । चाहे ती नुवाकोटका अच्यूत अधिकारी हुन् वा वर्दियाका खगेन्द्र सुनार । यिनीहरुले जब बोल्छन् अनि पार्टीको वद्नाम गरिहाल्छन् । सुनारलेआइजीपीलाई प्रहरी स्कूल वाँकेमा आफ्नो छोरालाई पढ्ने व्यवस्था मिलाइदिन आग्रह गरे । छोरा विद्यालयको नियमभित्र प्रवेशगर्न नसक्दा कक्षा ६ मा भर्ना हुन पाएनन् ।
त्यसैको रिसले म्यादी प्रहरीकोपोशाक, लत्ता कपडा खरिखमा लुटेको उजुरी अख्तियारदेखि गृहमन्त्रालयसम्म दिएकोकुरा कोट्याउनु पर्दैन ।
सार्वजनिक लेखा समितिदेखि ससदसम्म खगेन्द्रले निरन्तर कुर्लेका हुन् । दलितलाई ‘कोटा खोई’ ?भन्दै माईतिघर मण्डलामा आफैलाई साङ्लो लगाएर अधिकार खोजेका खगेन्द्रले वविता पासवानमाथि सप्तरीमा भएको भेदभावप्रति मुख खोलेको सुनिँदैन । नेपाली कांग्रेस दैलेखको क्रियाशील सदस्यता त्यागेर डलर झार्ने दलित अधिकारकोखोजीमा लागेका खगेन्द्रलाई घण्टी पार्टीले गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा टिकट दियो ।
त्यतिबेला घण्टीको लहरमा उनलेचुनाव जिते । तर, उनको चरित्र व्यक्तिगत फाइदा खोज्दै खगेन्द्र आईजीपीविरुद्ध जसरी लागे तर उनको सुनुवाई कतै भएन । गृहमन्त्री सुदन गुरुङले उनको बोलीप्रति खेद प्रकट गरेका छन् । प्राकृतिक विपत्तिले देश हायलकायल छ, तर खगेन्द्र सुनारजस्ता स्वार्थीहरु मनपरी डुक्रिएर हिँडिरहेका छन् ।

