आज ०७६ साउन २८, कुनै शुभकार्य गर्दै हुनुहुन्छ भने पाथीभरामाताको दर्शन गरी हेर्नुहोस राशिफल

जीवन दर्शन

मेष

धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ ।

मिथुन

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

सिंह

लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

तुला

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जमघटमा सहभागी भईएला ।

धनु

सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आकस्मिक धन लाभपनि हुनेछ । हल्लाको भर परे दुस्ख पाइनेछ, तर मिहिनेत गर्दा प्रगति मिल्नेछ ।

कुम्भ

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

बृष

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

कर्कट

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

कन्या

मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

बृश्चिक

वैदेशिक,व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक नै रहनेछ ।

मकर

शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।

मीन

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *