नेपालीलाई विदेशी सेनामा भर्ती गराउने प्रक्रिया बन्द गर्नुपर्छ: भीम रावल

राजनीति समाचार

मंगलबारको प्रतिनिधि सभामा बोल्दै सत्तारुढ दल नेकपाका नेता तथा सांसद भीम रावलले दुई पक्षीय सैनिक अभ्यासमा नेपाल संलग्न हुन नहुने बताएका छन्।

नेपालको संविधानले निर्देशित गरेको तथा आफ्नै अनुभवबाट उपयोगीसिद्ध संयुक्त राष्ट संघको बडापत्र,पञ्चशिलका सिद्धान्त,असंलग्न नीतिमा आधारित परराष्टनीतिमा अडिग रहँदै पारस्परिक समानता,सम्मान र हितको आधारमा परराष्ट नीति सञ्चालन हुनुपर्ने बताएका हुन्।

उनले नेपाली युवायुवतीलाई विदेशी सेनामा भर्ती गराएर नेपालको सार्वभौमिकतामा आँच पुर्‍याउने राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गराउनुपर्ने बताउँदै भने विगतका अलोकतान्त्रीक र निरंकुश सरकारले थोपरेका असमान र अपमानजनक सन्धी सम्झौताहरुबाट देश र जनतालाई मुक्त गर्न आवश्यक राजनीतिक र कुटनितक पाइला चाल्नुपर्छ। बहुमत प्राप्त सरकारका लागि यो एउटा अवसर हो।

नेता रावलले माथिल्लो कर्णालीको सम्झौता कुनै पनि हालतमा नवीकरण गर्न नहुने पनि बताए । ‘सम्झौताका प्रावधान विपरीत आयोजनाको निर्माणमा ढिलो गर्ने अनुचित अनुमति दिएर देशलाई क्षति पु¥याउने मौका कसैलाई पनि दिनुहुन्न’ सांसद रावलले भने ‘माथिल्लो कर्णालीको हकमा त्यस्तो भइरहेको छ । अब कुनै हालतमा नवीकरण गर्नुहुन्न ।’

उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिनको बाँकी काम अविलम्ब पूरा गरी द्वन्द्वकालीन अवस्थाको कुनै पनि रुप बाँकी नराख्न पनि आग्रह गरेका छन् ।

नेकपाको सामु ऐतिहासिक अवसर रहेको भन्दै यो समयलाई पार्टीको पूर्वघोषित नीति र कार्यक्रमअनुसार देश र जनताको हितका लागि अधिकतम उपयोग गर्नुपर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *