धादिङमा जीप दुर्घटना हुँदा १० जना घाइते

वाग्मती प्रदेश समाचार

आज मंगलबार धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको निजी नम्बरको बोलेरो ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को अमराईमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । स्थानीयवासी, प्रहरी र उद्धारकर्मीले घटनास्थलमा उद्धार गरिरहेको उद्धारमा संलग्न रेडक्रसकर्मी नारायणकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

घाइतेहरुलाई जिल्ला अस्पताल धादिङ लगिएको छ भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *