केएमसी होस्टलकी कर्मचारी मृत फेला

समाचार

काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत अवस्थामा केटिएकी छिन् । काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेकी हुन् ।

छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्स गोपाल चौधरी सहितको टिम पुगेर अनुसन्धान गरेका छन् ।

उनको शव घटनास्थलमै छ । मृतकका वुवा आमा गएराति काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *