रवि लामिछानेको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी

गण्डकी प्रदेश प्रमुख समाचार

सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

लामिछानेसँगै पत्रकार युवराज कँडेललाई पनि पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन पुर्‍याइए पछि रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी थालेका छन् ।

पुडासैनीको आत्महत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यराति चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ। तर रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै नाराबाजी गरिरहेका हुन् ।

चितवनका एसपी दानबहादुर मल्लले कानुन बमोजिम अनुसन्धानका लागि रविसहितका व्यक्तिहरुलाई पक्राउ गरिएकोले अनावश्यक दबाब आवश्यक नरहेको बताए । उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *