प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

प्रशासन राजनीति लुम्बिनी प्रदेश

प्रदेश नम्बर ५ को प्रदेश सभा नेकपाका प्रमुख सचेतक तथा नेकपाका नेता भूमिश्वर ढकालको घरमा राति पेट्रोल बम विस्फोटन गराइएको छ।

ढकालको घरमा तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ। ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि (मेडिसिटी अस्पताल) भर्ना भएका बेला यहाँ घरमा आक्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहिका अनुसार ढकालको घरमा प्रहार गरिएको पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी प्रमुख हृदय थापाले पेट्रोल बमबाट घरमा पार्किङ गरि राखिएको गाडिको पछाडीको भागमा क्षति पुगेको बताए ।

सचेतक ढकालका अनुुसार उनी सुुत्ने कोठा, उनका बाबाआमा सुुत्ने कोठा र अर्को उनले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ । बम कसले प्रहार गर्यो‍ भन्ने खुल्न सकेको छैन । उनी सुत्ने कोठासम्मै बम प्रहार भएको तर त्यो विष्फोट नहुदा मानवीय क्षति जोगिन पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *