प्रदर्शनका बीच अदालत लगिए रवि लामिछाने

गण्डकी प्रदेश समाचार

पत्रकार शालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहिबार पक्राउ परेका तीन जनालाई अदालत पेश गरिएको छ ।

पत्रकार रवि लामिछाने, युवराज कडेँल र रुकु कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो । अहिले उनीहरुको थुनछेक बहस भइरहेको छ । उनीहरुलाई म्याद थप गर्ने या नगर्ने भन्ने बहसपछि टुंगो लाग्नेछ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले लामिछानेलाई अदालतमा उपस्थित गराइएको बताए । ‘अहिले म भिडकै बीचमा छु । उहाँलाई भित्र लगिसकिएको छ’, मल्लले भने, ‘थप अनुसन्धानका लागि हामीलाई अदालतले आज म्याद दिनेछ ।’
कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।

लामिछानेसँगै बिहीबार पक्राउ परेका न्यूज २४ का पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा उपस्थित गराइएको छ ।

अदालतबाहिर प्रदर्शन गरिरहेका समर्थकले उनको रिहाइको माग गरिरहेका छन् । पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बिहीबार काठमाडौंबाट रवि लामिछछानेसहित ३ जनालाई नियन्त्रणमा लिएर चितवन लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *