ऋणको चिन्ताका कारण भारतीय पूर्व क्रिकेटर चन्द्रशेखरद्वारा आत्महत्या

देश/विदेश

भारतीय पूर्व क्रिकेटर भीबी चन्द्रशेखरको निधन भएको छ । बिहीबार चेन्नईमा रहेको घरमा उनको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले चन्द्रशेखरले आत्महत्या गरेको हुन सक्ने जनाएको छ । एक प्रहरी अधिकारीले अुनसार उनले आर्थिक तनावका कारण आत्महत्या गरेको हुन सक्ने बताए । भीबी चन्द्रशेखरको आर्थिक संकट तमिलनाडु प्रिमियर लिगको टिम ‘भीबी काँची वीरन्स’सँग जोडिएको हुन सक्ने प्रहरीले बताएको छ ।

मोरूगनले एएफपीलाई बताए, “हामीले घटनालाई अप्राकृतिक मृत्युका रूपमा दर्ता गरेका छौँ । हाम्रो प्रारम्भिक अनुसन्धानबाट भारतीय क्रिकेटका पूर्व खेलाडीले आर्थिक सङ्कटको समस्याका कारण मृत्यु रोज्दै आत्महत्या गरेको भन्ने बुझिएको छ । उहाँको शवको परीक्षणपछि थप विवरण आउनेछ ।”

सन् १९८० देखि दशकभर राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका व्याट्सम्यान चन्द्रशेखरले विभिन्न एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सात पटक खेलेका उनको नेतृत्वमा तामिलनाडुले सन् १९८७ को रन्जी पदक जितेको थियो ।

भारतीय सुप्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीटरमार्फत् शोक सन्देश व्यक्त गर्दै भन्नुभएको छ, “चन्द्रशेखरको मृत्युको खबरले मलाई स्तब्ध बनाएको छ । यस समय उनिसँगको न्यानो स्मृतिलाई मैले सम्झिनुको विकल्प रहेन । मृतकको परिवारजनप्रति समवेदना प्रकट गर्दछु । ” एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *