राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा आगलागी

प्रमुख वाग्मती प्रदेश समाचार

आज विहान(सोमबार) ७ बजेर ४० मिनेट जाँदा चितवनको भरतपुर चौबिसकोठी स्थित वाणिज्य बैंकमा आगलागी भएको छ ।

दमकल, प्रहरी, सशस्त्र प्रहरी, आर्मी तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै ४० मिनेटमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीको कारण खुलेको छैन र क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाई छ ।

प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *