अर्थहीन एसईई परीक्षामा राज्यको करोडौं स्वाहा

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १०(एसईई) को परीक्षा प्रायःजसो चैतको पहिलो हप्तादेखि दोस्रो हप्तासम्ममा लिने गरेको छ । बोर्डले एसईईको परीक्षा लिइरहँदा कतिपय विद्यार्थीहरुले फर्म भर्नसमेत छुटाउने गरेका घटनाहरु यदाकदा सुन्न सकिन्छ । एसईईको परीक्षा लिए तापनि कतिपय परीक्षार्थीको कपी काट्ने बेलामा तलमाथि गरेर पैसाको चलखेल हुने गरेका घटना पनि सञ्चारमाध्यममा नआएका होइनन् । कतिपय दूरदराजका विद्यार्थीहरुले केन्द्र टाढा भएको देखाए एसईई दिनबाट बञ्चित हुने गरेका घटना पनि छन् । त्यति मात्रै होइन परीक्षा केन्द्रभित्र चिट चोराउन पैसाको लेनदेन हुने गरेको समाचार पनि नआएका होइनन् ।

यसपालिको एसईई परीक्षा भोलिबाट सुरु हुँदै छ । भोलिबाट सुरु हुने एसईई परीक्षामा ५ लाखभन्दा बढी विद्यार्थीले भाग लिभने भएका छन् । बोर्डले यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसईईको परीक्षा लिने भएको छ । यस वर्षको एसईई परीक्षाको लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएको छ । सो परीक्षाको लागि प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पठाई सकिएको छ । त्यसको लागि केन्द्राध्यक्ष, निरीक्षकसहित ७७ हजार जनशक्ति परिचालन गरिएको छ भने ३० हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । यस वर्षको एसईई परीक्षामा ७५ पूर्णाङ्कको सैद्धान्तिक जाँच हुने छ ।

सैद्धान्तिक परीक्षामा परीक्षार्थीले पास हुनको लागि सबै विषयमा ३५ प्रतिशत अथावा २७ अंक ल्याउनुपर्ने छ । परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म हुने छ । कक्षा १० को आन्तरिक जस्तो परीक्षाको लागि देशभर गरी ७७ हजार जनशक्ति परिचालन गरिएको छ । सो ७७ हजार जनशक्तिको लागि राज्यले करोडौं खर्च गर्ने गरेको छ । सो परीक्षाको सुरक्षाको लागि ३१ हजार हाराहारी सुरक्षाकर्मी परिचालन गर्दा पनि राज्यको ठूलो धनराशी खर्च हुने गरेको छ । त्यसैगरी प्रश्नपत्र र उत्तरपुस्तिका छपाइ, ढुवानी, खाजा खर्च र भत्तामा पनि त्यत्तिकै खर्च हुने गरेको छ । त्योसँगै कपी काट्नको लागि पनि ठूलो धनराशी खर्च हुने गर्दछ ।

राज्यको ढुकुटीबाट करोडौं खर्च गरेर लिइएको एसईई परीक्षाले विद्यार्थीलाई भने खासै उलब्धी हुने गरेको पाइँदैन । किन कि पहिला एसएलसीे परीक्षा पास गरेपछि माध्यमिक शिक्षा पुरा हुन्थ्यो । अहिले माध्यमिक शिक्षा पुरा गर्न १२ कक्षा पास गर्नुपर्ने हुन्छ । माध्यमिक शिक्षा पुरा गर्नकै लागि विद्यार्थी र अभिावकले वार्षिक लाखौ खर्च गर्ने गरेका छन् । त्यो खर्च गरेअनुसारको प्रतिफल सुन्य छ । कक्षा १२ पास नगरी माध्यमिक शिक्षा पुरा नहुने भएपछि कक्षा १० को परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले राज्यको ढुकुटीबाट करोडौं किन खर्च गर्ने ? एसएलसीलाई एसईई बनाएर माध्यमिक शिक्षालाई कक्षा १२ मा पु¥याइसक्दा पनि शिक्षामन्त्रालय र राष्ट्रिय परीक्षा बार्ड पुरानै ठर्रामा चलिरहेका छन् ।

माध्यमिक शिक्षा सेन्टप नहुने कक्षा १० परीक्षामा राज्यकोशबाट करोडौं खर्च गरेर भत्ता र कमिसन खान पल्केकाहरुले एसईईको नाममा कमाउधन्दा चलाइरहेका छन् । जब माध्यमिक शिक्षा पुरा गर्न कक्षा १२ पास गर्नुपर्ने हुन्छ भने कक्षा १० को परीक्षालाई यति ठूलो धनराशी खर्च गरेर राज्यकोषलाई भार किन पार्ने ? एकैचोटी कक्षा १२ लाई राष्ट्रिय परीक्षा बोर्डले मान्यता दिएमा के फरक पर्छ ? यसमा सम्बन्धित निकायले किन ध्यान नदिने ? नयाँ जोशजाँगरसहित आएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्री बनेकी सुमना श्रेष्ठले शिक्षा क्षेत्रभित्र फैलिएको भ्रष्टाचार, विकृति र विसंगति हटाउन कस्तो नीतिमियम बनाएर लागु गर्छिन् त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *