माधव कमरेडसँग मलाई ईर्ष्या लाग्छ – प्रचण्ड

प्रमुख बिबिध राजनीति

सोमवार जनकपुरधामस्थित बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपाल बोलेको देखेर आफूलाई ईर्ष्या लाग्ने गरेको बताएका छन् ।

उनले नेता नेपालले आफू पहाडी भएपनि भोजपुरी र मैथिली बोल्न जानेको र त्यसमा आफूलाई ईर्ष्या लाग्ने गरेको बताएका हुन् ।

‘माधव कमरेड बोल्दा मलाई ईर्ष्या भयो,’ प्रचण्डले भने, ‘उहाँ पहाडी भएपनि मैथिली र भोजपुरी बोल्नुहुन्छ । म बुझ्न त बुझ्छु तर बोल्न सक्दिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *