रविको बयान आज, पोष्टमार्टमबाट शालिकरामको आत्महत्या पुष्टि

प्रमुख समाचार

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर यति बेला चितवन धेरै नै तातिएको छ । उसै त चितवनमा भदौको गर्मी त्यसमा पनि न्युज २४ टिभीका पत्रकारद्धारा रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जोडेर अनुसन्धान भइरहेका बेला सडक झनै तातेको छ ।

आज मंगलबार रवि लामिछानेसँग बयान लिने तयारी भइरहेको छ । तर सडकमा उर्लेको भीडले कतै दुर्घटना त निम्त्याउँदैन भन्नेतर्फ सजक हुन जरुरी देखिन्छ । सडकमा देखिएको भीडलाई मध्यनजर गरी चितवन कांग्रेसले एक विज्ञप्ति नै निकालेको छ ।पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर यति बेला चितवन धेरै नै तातिएको छ । उसै त चितवनमा भदौको गर्मी त्यसमा पनि न्युज २४ टिभीका पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जोडेर अनुसन्धान भइरहेका बेला सडक झनै तातेको छ ।

आज मंगलबार रवि लामिछानेसँग बयान लिने तयारी भइरहेको छ । तर सडकमा उर्लेको भीडले कतै दुर्घटना त निम्त्याउँदैन भन्नेतर्फ सजक हुन जरुरी देखिन्छ । सडकमा देखिएको भीडलाई मध्यनजर गरी चितवन कांग्रेसले एक विज्ञप्ति नै निकालेको छ ।पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्ने म्याद थप गर्न मंगलबार जिल्ला अदालत लगिँदैछ ।

गएको बिहिबार काठमाण्डौबाट पक्राउ गरेर चितवन लगिएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले दिएको समय सोमबार सकिए पनि अनुसन्धान बाँकी नै रहेकाले म्याद थपको लागि मंगलबार जिल्ला अदालत लैजान लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

पुडासैनीको पोष्टमार्टम रिपोर्ट आइसकेको र तीन जनाकै प्रारम्भिक चरणको बयान सकिएको जानकारी उनले दिए । पोष्टमर्टम रिपोर्टमा पत्रकार पुडासैनीकोे आत्महत्या कै कारण ज्यान गएको उल्लेख गरिएको छ ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएकाले प्रहरीले तीनै जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *