अठार पुराण प्रकाशनका लागि संलग्न हुन हार्दिक आह्वान

जीवन दर्शन प्रमुख

आदरणीय सज्जन महानुभावहरू, पूजाको अर्थ केवल धुप बत्ती गन्ध पुष्प चढाउनु मात्र होइन । पूजाको अर्थ समर्पणको भावनालाई प्रकट गर्नु हो । आफ्ना लागि जुन वस्तु धेरै उपयोगी छ, प्यारो छ, त्यो वस्तु दिनु नै समर्पणको दृष्यरूप हो ।
व्यावहारिक जगत्मा उद्देश्य प्राप्तिका लागि धनको आवश्यकता पर्छ । सुख, सम्मान, ऐश्वर्यलगायत सबै प्रकारका उपयोगका सामग्री धनले नै प्राप्त हुन्छन् । त्यस किसिमको धन आराध्यदेव सामु अर्पण गर्नु नै साँचो अर्थमा समर्पण हो । त्यही हो, वास्तविक पूजा । यसै उद्देश्यमा हामी सबै हातेमालो गरौं ।

वर्तमान अवस्थामा हाम्रा अधिकांश बालबालिकाहरूलाई हामीले वेद तथा उपनिषद्जन्य आध्यात्मिक, भौतिक र विज्ञानसम्मत धार्मिक ग्रन्थहरूको अध्ययन र अध्यापन गर्ने गराउने काम नगरी पश्चिमा शिक्षा सिकाउने काममा सरिक भएका छौं । त्यसैको प्रभावमा हाम्रो यात्रा अघि बढ्न थालेपछि संसारलाई लोभ्याउने हाम्रा सुन्दर सामाजिक संरचनाहरू पनि भत्किन सुरू गरेका छन् र हाम्रो अस्तित्वमा नै प्रश्न चिह्न खडा हुन थालेको छ ।

यसै कुरालाई मनन गरी डा. बद्री पोख्रेलज्यूले सामान्य लेखपढ गर्न जान्ने मानिसहरूले पनि पौराणिक ग्रन्थहरूको सार्थकता र रहस्य सुगम तरिकाले बुझ्न सकून् भन्ने इरादा राखी अठारवटै पुराणहरूको सरल नेपाली भाषामा अध्यायगत सारांश लेखेर प्रकाशन गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौँ । यो कामको थालनी गरेको अहिले करिब ५ वर्ष पुगिसकेको छ र बाँकी लेखनका कामलाई पनि निरन्तरता दिँदै अब हामी प्रकाशनको चरणमा पनि प्रवेश गरेका छौं । अलि ठूला पुराणलाई खण्ड–खण्ड गरेर प्रकाशन गरिने हुँदा २६÷२७ वटा पुस्तक तयार हुनेछन् भन्ने लागेको छ । यो काम गर्दा सनातनधर्म र संस्कृतिमा पुनर्जागरण ल्याउने कुरामा विशेष बल पुग्नेछ भन्ने विश्वास लिएका छौँ ।

साथै १८ वटै पुराण तथा अन्य विभिन्न किसिमका पुस्तक प्राप्त गर्न ईच्छुक व्यक्ति, संघ–संस्था, पुस्तकालय तथा अन्य पुस्तक पसलहरूले पनि विश्व स्वतन्त्र सञ्चारमा सम्पर्क गर्न सक्नुहुनेछ । पुस्तक विक्रीबाट प्राप्त सहयोग रकम अरू महापुराण प्रकाशन एवं गुरुकुल, धार्मिक संघ–संस्था र सनातन वैदिक धर्मको उत्थानमा लगाउने कुरा पनि विश्वास दिलाउन चाहन्छौं । १८ पुराण प्रकाशनमा रू. ७ लाखको अक्षय कोषस्थापना गरिएको छ । पुराण प्रकाशन तथा अक्षयकोष वृद्धिको लागि सामेल हुन चाहनु हुने महानुभावहरूलाई एन आई सी एशिया बैंक लि. को खाता नं. ः ८६०२०१९८८६६५२४०१ मा सहभागिताको लागि अनुरोध गर्दछौं ।
विश्व स्वतन्त्र संचार
नयाँ बानेश्वर काठमाडौं
सम्पर्क नंं. ०१–४१०४३१६
९८५१०३०९७२÷९८४१४८०१२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *