फेसबुकमा ओली, प्रचण्ड र देउवालाई गाली गरेको आरोपमा पक्राउ

बिबिध समाचार

प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अपशव्द प्रयोग गर्दै नाङ्गो खुकुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट पक्राउ परेका छन्

प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गाली गरेको बारा सिमराका २८ वर्षीय सागर मैनाली छन् । उनी केही समयअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए ।

ती व्यक्तिले नाङ्गो खुकुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई नछाड्ने धम्की दिएका थिए। महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीलाई बाराबाट पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार, पक्राउ परेका व्यक्तिविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनेछ ।

प्रहरीका अनुसार, मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए । पक्राउ परेपछि प्रहरी अधिकृतसँग उनले आफूलाई त्यसको नतिजाबारे थाहा नभएकाले गल्ती गरेको बताएका छन् ।

यसअघि काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीलाई गाली, गलौज गरेको आरोपमा पक्राउ परेका व्यक्ति माफी मागेर छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *