चितवन प्रशासनको कडा आदेश, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

गण्डकी प्रदेश प्रमुख प्रशासन

जिल्ला प्रशासन कार्यालय चितवनले (आज) सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ । आइतबार राती बसेको सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्दै सुरक्षा निकायले यस्तो निर्णय गरेको हो ।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदखि अर्को आदेश नभएसम्मका लागि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको हो । बैठकले सोही ऐनअनुसार तोकिएको चार किल्ला भित्र पाँचजना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गर्दै थप सुरक्षा कर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा लगाइएका क्षेत्रहरु

पूर्व : बाइपास सडकतर्फको आन्तरिक राजस्व चोकदेखि घरेलु कार्यालय चोकसम्म ।

पश्चिम : पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीस कोठीसम्म।

उत्तर : बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक ।नारायणी मावि चोककृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म ।

दक्षिण : बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *