रविले भने–अदालतको आदेशलाई सम्मान गर्छु

प्रमुख समाचार

टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख र युवराज कँडेल तीन लाख धरौटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् ।

उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् । उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दार्ता भएको थियो ।

रिहा भएलगत्तै उनले सञ्चारकर्मीसँग कुरा गर्दै देश विदेशमा रहेका शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्–सम्मानित अदालतको आदेश हामी सबैले मान्नैपर्छ । मैले पनि सम्मानित अदालतको आदेशलाई सम्मान गर्छु ।”

रविले आज बिहान पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने र दिउँसो चितवनमा सम्बोधन गर्ने बताएका छन् । पत्रकार शालिकराम पुडासैनीले चितवनमा साउन २० गते आत्महत्या गरेका थिए । आत्महत्याअघि उनले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेसहित तीनजनालाई दोषी देखाएका थिए । सोही आधारमा पक्राउ परेका रविलाई १० दिन हिरासतमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *